क्षमतावानलाई पार्टी नेतृत्व

नेकपा जिल्ला कार्यदल बागलुङले नेतृत्वका लागि ६ जनाको नाम सिफारिस गरेको छ । पुर्व नेकपा एमालेको तर्फबाट अध्यक्षका लागि २ जना र सचिवको लागि एक जनाको नाम सिफारिस भएको छभने पुर्व माओवादीको तर्फबाट पनि अध्यक्षको लागि दुई जना र सचिवको लागि एक जनाको नाम सिफारिस गरिएको छ । नेकपाको जिल्लाको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा जिल्लाबाट नै टुंगो लगाईनु पर्दथ्यो तर कार्यदलले टुंगो लगाउन नसकेपछि छ जनाको नाम चयन गरेर केन्द्रमा पठाएको छ । सिफारिस हुनेमा पुर्व एमालेको तर्फबाट प्रदेश सभा सदस्य समेत रहेका इनद्रलाल सापकोटाको नाम पनि सिफारिस भएको छ । यद्यपी पार्टि केन्द्रले सांसद तथा मन्त्रि जस्ता पदमा रहेका नेताहरुलाई पार्टिको कार्यकारी पद लिन नपाउने भनी पार्टी केन्द्रले निर्णय गरेका कारण उनले पार्टि अध्यक्ष सम्हाल्न पाउने बिषयमा अन्यौलता छ । उनीबाहेक अध्यक्षको दाबेदारको रुपमा रहेका पुर्व एमालेका कृष्ण पाठक, पुर्व माओवादीको तर्फबाट सिफारिस भएका ज्ञामनाथ गैरे र फमलाल न्यूरे नै अबका अध्यक्षका दाबेदार हुन् । सचिवको लागि सिफारिस भएका पुर्व एमालेका लाल थापा र पुर्व माओबादीका राजिव घिमिरे दुवै युवा र जुजारु नेता हुन् ।

केन्द्रमा पार्टि समायोजन गरेर केन्द्रिय समिती, सचिवालय, पोलिटव्यूरो लगायत सबै बिषयको टुंगो लगायतको नेकपाले तल्लो तहमा संगठनको समायोजनको कामलाई भने लामो समयपछि मात्रै तिब्रता दिएको छ । तल्लो तहमा पनि पुर्व माओवादी तथा एमालेको तर्फबाट पार्टि केन्द्रमा जस्तै भागवण्डाको हिसाबमा नेतृत्व बाँडिन्छ वा योग्यता र क्षमताका हिसाबमा नेतृत्व प्रदान गरिन्छ भन्ने मुख्य प्रश्न हो । पार्टिको उपल्लो तहमा जे जसरी समायोजन भएर काम कारवाहीहरु अगाडि बढेको भएपनि पार्टिको तल्लो तहमा भने सोही हिसाबमा पार्टिलाई गति दिनको लागि थुप्रै चुनौतीहरुको चाङ रहेको छ । एकातर्फ पुर्वमाओवादी र एमालेका कार्यकर्ताको बिचमा रहेको कटुताको अन्त्य गर्ने र भावनात्मक एकता कायम गर्ने जिम्मेबारी उपल्लो तहभन्दा धेरै तल्लो तहको हुने छभने अर्कोतर्फ पार्टिलाई विस्तारित र गति दिने मुख्य जिम्मेबारी पनि तल्लो तहमा हुने छ । पार्टि एकता भैसकेको भएपनि पार्टिभित्रै रहेको भागवण्डा, एकले अर्कोलाई गर्ने व्यवहारका कारण अझै पार्टि भावनात्मक रुपमा एक बन्न समय लाग्ने छ ।

जिल्लाको नेतृत्वको लागि सिफारिसमा परेका उम्मेदवारहरुलाई टिका लगाउने क्रममा पार्टिको तल्लो तहलाई राम्रोसँग अध्ययन गरेर त्यहाँ रहेका समस्या समाधान गर्न सक्ने र पार्टि तथा कार्यकर्तालाई भावनात्मक रुपमा एक बनाएर लैजान सक्ने खालको नेतृत्व नेकपाले चयन गर्न सक्नु पर्छ । सत्तामा रहेको पार्टि भएकाले यो समयमा बिपक्षबाट तल्लो तहमा अझ बढी चुनौती हुन सक्छ । नेपाली कांग्रेस जस्तो नेपाली राजनीतिमा खाई खेलेको पार्टी बिपक्षमा रहेको र उसलाई पनि तल्लो तहदेखी चित्त बुझाएर काम गर्न सक्ने नेतृत्व नेकपाले छनौट गर्न सक्नु पर्दछ । भागवण्डामा हैन क्षमता र योग्यताका आधारमा पार्टिको नेतृत्वमा छनौट गर्नु नै नेकपाको सुखद सुरुवात हुने छ ।