बागलुङ बहुद्देश्यीयको साधारण सभा

बागलुङ, २७ साउन– बागलुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १७ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बचत गर्ने बानीको विकास गर्न आग्रह गरे । आजको बचतले भोलिको जिवन चलाउन सहज हुने भन्दै पौडेलले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । छरिएर रहेका पुँजीहरुलाई एकबद्ध गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सहकारीको महत्वपुर्ण भुमिका रहेको भन्दै पौडेलले सहकारी शेयर सदस्यहरुले आफ्नै सहकारीमार्फत सबै कारोवार गर्नुपर्ने बताए । कार्यक्रममा पुर्व वन राज्यमन्त्री ओमकारप्रसाद गौचन, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेस्फकुनका सञ्चालक समिति सदस्य चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, बहुद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, सहकारीका सल्लाहकार देव बहादुर श्रेष्ठ, डिलबहादुर कार्की, एकता सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्मा, शेयर सदस्यहरु चन्द्र आचार्य, डिलप्रसाद कँडेल लगायतले बोलेका थिए ।

५ सय ९८ जना शेयर सदस्य रहेको सहकारीले गत बर्षदेखी शुपथ मुल्यको सहकारी पसल समेत सञ्चालन गर्दै आएको छ । बहुद्देश्ययीय सहकारीको मर्मअनुसार संस्थामा रहेको ५ करोड ३४ लाख १३ हजार २ सय रुपैयाँ शेयर पुँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गरिएको संस्थाका प्रबन्धक यज्ञप्रसाद पौडेलले बताए । सहकारीका अध्यक्ष असोक गोविन्दराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष दुर्गादत्त आचार्यको स्वागत र सचिव योगनाथ शर्मा कँडेललको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीको सधारण सभाको बन्दसत्रले बिभिन्न प्रतिवेदन समेत पारित गरेको छ ।