पाखापानीमा प्रहरीको सार्वजनिक सुनुवाई

म्याग्दी, २७ साउन–जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीका बासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागिप्रहरीले गाउँ–गाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर पुन र टेकजित छन्त्यालले वडा सचिव, कृषि र पशु सेवा केन्द्रमा लामो समयदेखि कर्मचारी नहुँदा पञ्जीकरण, कृषि र पशु सेवा सम्बन्धि काम प्रभावीत बनेको गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले संघीय सरकारले कर्मचारी ब्यवस्थापनको काम गरिरहेकाले छिट्टै कर्मचारी अभावको समस्या समाधा नहुने बताए । उनले सेवाग्राहीको सहजताका लागि प्रक्रियामा सरलीकरण, पन्ध्र्र दिनमै राहदानी पाउने ब्यवस्था, घुम्ती शिवीर सञ्चाल नगरिएको बताए । म्याग्दीको प्रमुख सामाजिक समस्याका रुपमा रहेको मेलाजात्रा र मदिराको अत्याधिक प्रयोग न्युनीकरणका लागि स्थानीयतह र समुदायले पहल गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई थियो । रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले कर्मचारी अभाव प्रमुख समस्याभएको बताउँदै कर्मचारी ब्यवस्थापन गरेर सहज रुपमा सेवाप्रवाह गराउन पहल गर्ने बताए थिए । झिँका सचिवलाई हप्तामा दुई दिन पाखापानीको कामगर्ने व्यवस्था मिलाएको बताए । प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले अपराध, दुर्घटना, विकृती न्युनीकरणका लागि प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताए । उनले समुदायसंगै मिलेर प्रहरीले समाजमा शान्ति सुरक्षाकायम, अपराध, दुर्घटना र विकृती न्युनीकरण गर्न खोजेको बताए । जनताको गुनासो, सुझाव र अपेक्षा बुझेर कार्य योजना बनाउन प्रत्येक तिन, तिन महिनामा नागरीक सुनुवाई गरिदै आएको प्रनाउ बुढाको भनाई छ । हालसम्म म्याग्दीका २२ स्थानमा नागरीक सुनुवाई गरिएको जानकारी गराए । प्रहरी कार्यालयका हिराबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउँदै दोषीले उन्मुक्ती नपाउने अवस्था बनाउन सुझाव दिएका थिए ।