कविता: अन्तराय्ट्रिय युवा दिवस र नेपाली युवा

युवाहरु देस विकासका कलपुर्जा र मेशिन
छैन नीति युवामुखि बाध्य छन् है विदेसिन
वाध्य छन् है युवा जोश परिश्रम विदेसमा वेच्न
कुनै सरकार सफल छैन युवा यहि रोक्न
वृद्ध आमाबाबालाई एक्लै घरमा छोडी
जानू पर्छ खाडिमुलुक घर घडेरी बेची
धन कमाउने आसमा हजुर खुसि हुँदै जाने
तलवितल पर्यो भने वाकसमा आउने
कठै हाम्रा युवाहरु विदेसिन वाध्य
नेताको भाषणमा रोजगार छ यहि असाध्य
कतियाद आउदो होला साना छोरा छोरी
सपनिमा देख्दाहोलान डाडा पाखा खोली
भाषण गर्दा भन्छन नेता युवा देसको धरोहर
तर रोजगार छैन यहाँ विदेसिन्छन वरोवर
श्रीमती छोरा छ‍री घरमा एक्लै छोडी
अग्ला अग्ला भवन निर्माण कम्मरमा डोरी |