निसीखोलामा पहिरोमा परि सासु बुहारी बेपत्ता

घरमुली मानबहादुर शाही पनि सम्पर्कमा नरहेको बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

बागलुङ, ३० साउन–जिल्लाको निसीखोलामा बुधबार बिहान पहिरोमा परि एकै परिवारका सासु बुहकारी बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका –३ मुस्केलाका ६५ बर्षिय धन कुमारी शाही र उनकी ३५ बर्षिय बुहारी डल्ली साही पहिरोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानको समयमा घरमाथीबाट आएको पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएका हुन् ।
उनीहरुसँगै रहेका बालक विदेश शाही सामान्य घाईते भएका छन् । घरमुली मानबहादुर शाही पनि सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । बिहानको समयमा घटना भएकाले मानबहादुर घरमाथीको गोठमा गएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको प्रहरी परिचालन गरेर खोजी भैरहेको छ ।