निसीखोलामा पहिरोमा हराएका सासु बुहारी मृत भेटीए

बागलुङ, ३० साउन– दुइ दिन देखिको लगातार झरी पछि निसीखोला पहिरो खस्दा बेपत्ता भएका एकैघरका सासु बुहारी पहिरोले पुरीएको अवस्थामा मृत भेटीएका छन् । निसीखोला गाउ“पालिका ३ को बोहोरागाउ“मा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो । घर पुरिएपछि उनकी ६५ बर्षिय श्रीमती धनकुमारी र ३५ बर्षिय बुहारी डल्ली शाही पुरिएको प्रहरीले बतायो । ईलाका प्रहरी कार्यालय बुर्तिवाङका निरिक्षक ओमप्रकाश यादवले दिएको सूचना अनुसार बिहान सा“ढे ५ बजे पहिरो खसेर उनीहरु पुरिएका थिए ।
पहिरो खसेर पुरिएको थाहा पाएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको सहयोगले मृतकको शव निकालिएको थियो । पहिरोमा शाहीका ५ बर्षका नाती बिनोद शाहीको भने सकुशल उद्दार गरिएको छ । दुइ छोरा भारतमा रोजगारी गरेका शाहीकी जेठी बुहारी र श्रीमतीको मृत्यु भएको हो । दिनभरको खोजी र उद्दारपछि शव निकालिएको हो । लगातार पानी परेकोले बिहान शव उत्खनन् गर्न समेत गाह्रो भएको र पानी रोकिएपछि मात्र सहज भएको स्थानीयले बताए ।
मंगलबार रातीनै बोहोरागाउ“ र देविस्थानमा खसेका अरु पहिरोले आधा दर्जन घरमा क्षति पुगेको बताइएको छ । पहिरोको जोखिम भएकोले केही घरपरिवार डरले बिस्थापित भएर आफन्तकोमा बसेको गाउ“पालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी झिवाखोला र ईलाका प्रहरी कार्यालय बुर्तिवाङका उद्दार टोली घटनास्थल तर्फ गएको थियो । नेपाली सेनाको अर्जुनबा“ण गणले पनि २५ जना उद्दार टोली पठाएको थियो । प्रहरीका अनुसार ठूलो पहिरो नभएपछि घरलाई बढी क्षति पु¥याएकोले मृतकले भाग्ने अवसर समेत नपाएका हुन् । घटनाको जानकारी पाएपछि प्रजिअ बेदप्रसाद खरेल र प्रहरी उपरिक्षक दिपक रेग्मी समेत घटनास्थल पुगेका थिए । शाही बिहान उठेर गोठमा गएको समयमा पहिरो खसेकोले उनी बचेका थिए । शब फेला परेपछि पोष्टमार्टम गरेर दाह संस्कार गरिने चन्दले जानकारी दिए ।
पानी रसाएको देखिएकोले केही दिन अघिदेखि खतरा भएको अनुमान स्थानीयले गरेका छन् । पहिरोका आकंलन गर्न सकेको भए घटनाबाट बचाउन सकिने समेत प्रहरीले अध्ययन गरेको छ । बर्षातमा बाढीपहिरोको बारेमा सचेतना जगाउने र संभावित खतराको खोजीगर्ने काम नभएकोले यस्तो समस्या भोग्नु परेको स्थानीय स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले जानकारी गराए । निसीखोलामा बाढी र पहिरोकै कारण अन्य दर्जनबढी घर जोखिममा परेको बताइएको छ । अघिल्लो बर्ष निसीखोला २ देविस्थान स्थित बाहुनगाउ“मा पहिरो खस्दा ३ को मृत्यु भएको थियो भने धेरै घर बिस्थापित भएका थिए । मा खसेका दर्जनौं पहिरोले दर्जनौं घर बिस्थापित भएका थिए । एकै घरका ३ जनाको मृत्यु समेत भएको थियो ।
एक महिना अघि बागलुङकै बरेङमा पनि पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको थियो । पहिरोले धेरै स्थानमा घर भत्केका छन् । पशुचौपाया पनि मरेका छन् । ग्रामीण सडकहरु निर्माण गर्दा जोखिमको आकलन नगरेको तथा जथाभावी डोजर प्रयोग गर्दा पनि धेरै क्षतिका घटना भएका छन् ।

-फोटो–शुशिल पनेरु/निसीखोला