गाउँ र गाउँले परिवेश

इतिहास कोल्टाउदा हाम्रा पुर्खाहरु सबै गाउँलाई नै रोजी डाँडा डाँडामा बसेको देखिन्छ । गाउँ आफैमा नाम गाउँ मात्र होइन वास्तविकता बोकेको ठाउँ हो । जहाँ भौगोलिक विकटकता तथा भू–वनावट नमिलेको हुन्छ । उद्गम थलोको रुपमा पुर्खाहरुले माया गरी बसेको ठाउँ नै गाउँ हो । त्यसैको न्यायो मायामा हुर्केका बासिन्दा नै गाउँले छन् । गाउँले हुनुमा सबैले गर्वगर्नुपर्ने अवस्था निकै चाडै आउछ यो सत्यले देखाउछ । प्राकृतिक सुन्दरता तथा विविधताले पुर्ण हुन्छ । गाउँ त्यहाँ बस्ने गाउँले निकै मिहेनती र दयालु मायालु पाहुँनालाई अथिति देव भन्ने गर्छन । जडिबुटी, चाडपर्व, चोखोमाया, ताजा खानेकुरा, मौलिकताले गर्दा फेरी जाउँ जाउँ लाग्ने बनाउछ गाउँले । जहाँ ग्रामिण लघु जल विद्युत आयोजनाले गाउँ रात परेपछि झन झमल्ल देखिन्छ । स्वादिलो चिसो पानी खादै गाउँको न्यायो माया र प्रकृति सँग रमाउदै गरी वस्नु पर्ने हो ठाउँ गाउँ । यस्तै प्रकृति र सुन्दरता अवश्य एक पटक पुग्नै पर्ने ठाउँ हो गाउँ जस्तै नेपालका रमणिय र पर्यटकीय दृष्टिकोणले पनि पुग्ने पर्ने ठाउँ हुन जुन घलेगाउँ, वारपाट गाउँ, घादु्रक गाउँ, सक्लेस गाउँ, भुजुङ गाउँ, धन पोखरा गाउँ, पञ्चासे आदि आदि ।
जिविको पार्जनको क्रममा ढुङ्गे युगबाट विस्तारै विस्तारै खेतिपाती गर्न जानिसकेपछि नै गाउँमा वस्ती वसेको अनुमान लगाउन सकिन्छ । जात विशेष अनुसार बस्ने र शिकार खेल्ने गरेको पनि पाइन्छ । त्यसै क्रममा गाउँलाई माया गरी आफ्नो जिविको पार्जन गर्न तर्फ लागेकाले गाउँबाट टाढा जान नसकेको देखिन्छ । जस्तै गुरुङ, गाउँ, मगर गाउँ, तामाङ गाउँ राई, लिम्बु बाह्मण क्षेत्री आदि आदि पृथ्वीनारायण शाहिको पालादेखि नै दरबार टापुमा बनाउने र त्यहि वरीपरि आफैले प्रभुत्व जमाएर बसेको पनि देखिन्छ । जस्तै लम्जुङ्गको गाउँशहर दरबार, कास्कीको कास्कीकोट दरबार, गोर्खा दरबार । आफ्ना आफ्ना पुर्खाहरुले कुल तथा मन्दीर निर्माण गरि वस्ती बसेको पनि देख्न सकिन्छ ।
गाउँ शब्द आफैमा राम्रो छ । गाउँलाई त्यहाँ भएका स्रोतहरुको संरक्षण गर्न र विश्वमाझ चिनाउन गाउँको आफै लाग्नुपर्ने हुन्छ । गाउँका मौलिक चिजहरुलाई संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता हो । जस्तो, भकारी, डोको, नाम्लो, स्याखु, ठेकी, मदानी, ढिकी, जातो, चौडी पिङ्ग आदि यी गाउँका विशेषताहरु हुन । यि मौलिक वस्तुहरुलाई बचाई राख्नु पर्दछ ताकी अहिलेका पिडिलाई याद होस गाउँ र गाउँले परिवेश कस्तो र कसरी चलेको रहेछ भनेर सहर बस्नेहरुलाई एकपटक गाउँ जाउँ जाउँ भन्ने बनाउनु पर्ने देखिन्छ । गाउँको मकै ढिडो, आटो खोले खाएर हुर्केका लाहुरे बुढापाकाहरु सँग चौतारीमा नदिनाला तथा छहराहरुको गुडगुड र चराचुरुङ्गीहरुको सुमधुर स्वर सुन्न र जान्न एक पटक जानै पर्ने ठाउँ हो गाउँ ।
गाउँलाई सामाजिक तथा आर्थिक पक्षले सबल बनाउनुपर्ने देखिन्छ । सर्वप्रथम गाउँलाई आत्मनिर्भर तर्फ अगाडि बढाउनका लागि गाउँको पुर्वाधारमा जोड दिनु र त्यहाँ भएको साधन स्रोतलाई अधिकतम प्रयोग गरी नाफामुलक कार्यमा लगाउनुपर्ने हुन्छ । पुर्वाधारमा बाटो पहिलो आवश्यकता हो । बाटो रातो भयो भने गाउँ आफै सक्षम र सबल हुन्छ । हराभरा वातावरण रमाउनका लागि गाउँ जाने प्रवृत्ति बढ्दै जान्छ बाटो भयो भने । त्यसका लागि बिजुली सञ्चार र स्वास्थ्य शिक्षा पर्दछन् । गाउँमा भएको पुर्वाधारमा टेवा पुग्यो भने आयआर्जनमा लाग्दछन र शहर केन्द्रित हुनबाट रोकिने थियो कि । दिगो विकास र आर्थिक उन्नतीमा लाग्न पाखावारी तथा वनजंगलमा जडिबुटी र फलफुल पकेट क्षेत्र घोषणा गरी स्थानिय सरकारले गउँको स्तरोन्ती गरी गाउँबाट शहर जानबाट रोक्नुपर्ने आजको स्थानिय र म्भअभलतचबगिबिच को अवधाराणा हो । बाख्रापालन कुखुरा पालन तथा आधुनिक तरिकाबाट कृषि तथा पशुप्राणीका लागि डालेघाँस तथा फलफुल बोटबिरुमा लगाएर भुक्ष रोक्ने र खाने पानीका मुहानलाइृ अनुकुलन गर्न समेत टेवा पुग्ने हुन्छ गाउँ । वातावरणीय अनुकुलन जोगाउन गाउँको ठुलो महत्व छ । शहरमा बस्नेका लागि स्वच्छ वातावरण र स्वच्छ पानी उपलब्ध गराएको छ गाउँले । शहरका प्रत्येक व्यक्तिबाट खैनिक रु १ रुपियाका दरले बचत गरी गाउँलेले दिएको योगदान स्वरुप गाउँका पुर्वाधारमा विकास गर्न सक्ने हो भने गाउँ चाडै नै सवृद्धि हुने थियो ।