सक्षम राष्ट्र र आर्थिक समृद्वि

ढोरपाटन दैनिकको बार्षिकोत्सव बिशेष

आर्थिक सम्बृद्धि शब्द आँफैमा भरिपुर्ण छ । अर्थतन्त्रको बृद्धि गरी सवल र सक्षम राष्ट्रतिर लाग्नु नै आर्थिक समृद्धिको यात्रा हो । सन् १९३० को मन्दी र दोस्रो विश्वयुद्ध बाट क्षत बिक्षत भएका राष्ट्रहरुले गरेको प्रगती देख्दा हामी उही पुरानो ठाउँमानै छौं कि जस्तो हुन्छ । देशले राणाशासन, पञ्चायत, राजा हुँदै संविधान पाएको छ । अवको यात्रा भनेको सम्बृद्धि हो । सम्बृद्धि हुनको लागि सोचमा परिवर्तन गरी साधन र स्रोतको योजनाबद्ध तरिकाले परिचालन गर्न सकियो भने चाँडै नै अगाडि जान सकिन्छ । हामी पौराणिक मानसिकताबाट टाढै रहेर उत्पादन तथा प्रविधि विकासमा जोड दिनुपर्ने देखीन्छ । विश्व वजारलाई हेर्ने हो भने नयाँ नयाँ प्रविधिहरुको विकास गरी एक ठाउँको बस्तु उत्पादन गरी अर्को ठाउँको व्यापार गरेको छन् । विकसीत देशहरुले आफ्नो बस्तु विकास उन्मुख राष्ट्रमा निर्यात गरी नाफा कमाउँछन् । हामीलाई सधै परनिर्भर बनाईराख्न हामीलाई विलासिताका बस्तुहरुको उपभोग गर्न बानी पारी त्यही बस्तुको उपभोग गन्र्र बाध्य बनाउँछ र आफुले सस्तोमा उत्पादन गरी हमीलाई महगोमा बेच्छन र पर निर्भर बनाउँछन् ।

यहाँ के भन्न खोजीएको हो भने आर्थिक बृद्धिदर ६.७५ बाट ८ मा र २५ प्रतिशत भन्दा तल गरीवि घटाउने र देशलाई समृद्ध बनाउने, त्यसका लागी सरकार र सरोकारवालामा जोडिन्छ । किन भने सरकारले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दछ । त्यही बजेटको आधारमा राज्य चलिरहेको हुन्छ । योजना तथा परियोजनाहरुलाई दिगो तथा नयाँ नयाँ को खोजी गरी सम्पुर्णलाई रोजगारी तथा उत्पादन मुखी बनाउनमा जोडदिनु पर्छ । कृषि प्रदान देश धान तथा अन्य बस्तुहरु बिदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । त्यसैले गर्दा पनि हामी समृद्धिको यात्रा पुरा गर्न सकिरहेका छैनौं । राष्ट्रको विकास हुन पुर्वाधार र उत्पादनमा जोड हुन आउँछ, किसान प्रोत्साहन, खानी तथा उद्योग र औद्योगिक क्षेत्र बिस्तार र विद्युतीय तथा खोला नालाहरुमा योजनाबद्ध तरीकाले लाग्नु हो ।
आर्थिक पक्ष आँफै अगाडि जाँदैन् । त्यसका लागि सम्पुर्ण पक्ष बलियो हुनु जरुरी छ । घर परिवार समाज, संकृति आदि गैर पात्र हुन्छन र भौगोलिक बनावट पर्यावरण तथा पर्यटनको उच्च मुल्याङ्कन गरी स्वरोजगार उत्पादन गर्नु पर्दछ । ताकी उद्यमशिलता अगाडि बढ्छ र बिदेशीनबाट रोक्न सकिन्छ । आर्थिक यात्रा पुर्ण हुँदैन तर निरन्तरताको लागि श्रम, पुँजी, भुमी र संगठनलाई बलियो बनाउन सकियो भने राष्ट्र समृद्धि तिर जान्छ । जस्तो श्रमले आम्दानी दिन्छ, ज्याला प्राप्त गर्दछ, रोजगारी सिर्जना गर्दछ र उसको जिविकोपार्जन सजिलोसँग चल्दछ । पुँजीले लगानीको लागि प्रतिफल व्याज प्राप्त हुन्छ । पुँजी हुनेले बचत गरी बैंक तथा बित्तिय संस्थामा राखी व्याज प्राप्त गर्दछन् । त्यो अर्काको लगानी हुन्छ । अर्को भुमी भनेको जग्गा जमिन भौतीक सम्पत्ती, त्यसले लगानीको रुपमा आम्दानी प्राप्त गर्दछ । अर्को संगठन भनेको कम्पनी, फाराम, उद्योग धन्दा आदि यिनिहरुले लगानीबाट नाफा कमाउँछन् र त्यो प्रतिफल आँफुले प्राप्त गर्दछन् । यसरी नाफा बाँडफाँड गर्दछन् । त्यसैगरी अर्थतन्त्र चलिरहेको हुन्छ यसलाई दिगोपना दिन सकियो भने देशको अर्थतन्त्र बलियो हुन्छ । सु–सासन र पारदर्शी हुन सकेमा चाँडैनै समृद्धि हुन जान्छ । आजको आम मानिसको ध्यान भनेको युवा शक्ति पलायन भयो भन्ने छ । उच्च शिक्षा हाँसील गर्न बिदेश जाने तर उतै बस्ने प्रबृत्तिले गर्दा राष्ट्र पछाडी परेको हो । सम्पुर्ण पैसा बिदेश पलायन भएको हुँदा राष्ट्रलाई क्षति भैरहेको छ । उच्च शिक्षा हाँसील गरी आफ्नो ज्ञान र शिक्षालाई स्वदेशमा फर्काउन राज्य लाग्नु पर्ने देखीन्छ । फर्काउने योजनाका साथ निति निर्माणमा लाग्यो भने अवको ५ बर्षमै देशले कोल्टो फेर्ने थियो की ? अर्को पक्ष राजनीतिक स्थिरता तथा अनुसासन पद्धती हुन जरुरी छ ।

त्यसका लागि तेरो मेरो नभनी हाम्रो भन्ने भावना आउनु पर्दछ र स्वच्छ तथा नेतृत्वदायी भुमीका खेल्नुपर्ने हुन्छ । तव मात्रै अगाडि जान सकिन्छ । हामी सँगैका राष्ट्रहरुलाई हेरौं त । जापानलाई दोस्रो विश्वयुद्धमा क्षद बिच्छेद बनाएको त्यो कहाँ पुग्यो । खाडि मुलुकहरु आफ्नो साधन र स्रोतहरु प्रयोग गरी अगाडि बढे हामी जहाँको त्यही छौं । उनीहरुले हाम्रो दक्ष जनशक्तिलाई प्रयोग गरीरहेका छन् तर हामी त्यो भावना जगाउन सकिरहेका छैनौं । सामाजिक इन्जिनियरिङको प्रयोग गरी गाउँ गाउँमा पर्यटनको विकास गरी उन्नती तर्फ अगाडि बढाउनु पर्दछ । पुर्वाधार तथा ग्रामिण पहुँच तथा उत्पादनमा जोड दिनु हो । जस्तै नेपाली युवाहरु कृषि कर्मको लागि इजरायल गएका छन् । उच्च शिक्षा हाँसील गर्न जापान अमेरीका, युरोप गएका छन् । उनिहरुलाई उच्च मनोवलका साथ स्वदेशमा फिर्ता गराउन देश प्रतिको मायाँ, राष्ट्रको गौरवको ख्याती राख्न सकियो भने जलविद्युत कृषि र पर्यटनमा अगाडि जान सकिने थियो । रेमिटान्सले धानिएको अर्थतन्त्रलाई पर्यटन र कृषिमा परिवर्तन गर्न लगानि त्यो पनि सिपमुलक र उत्पादन र नाफामा लैजानु हुन्छ ।
गाउँ–गाउँमा सिंहदरवारको नारालाई सबैले के कुरामा जोड दिनु प¥यो भने सबैले समयको महत्वलाई बुझि करको दायरामा ल्याई सहि सदुपयोग गर्ने तर्फ लाग्नु प¥यो । स्थानिय सरकारले उद्यमशिलताको माध्यामबाट पर्यटनको बिकास गर्नु र उत्पादन तथा त्यो बस्तु तथा सेवालाई चाँडो चाँडो बजारसम्म पु¥याउनको लागि सहजताको भुमीका निभाउन सक्यो भने अर्थतन्त्र आँफै बलियो हुन्छ । अझ ग्रामीण सडक सञ्चालनलाई केन्द्र तथा बजार सम्म बिस्तार गरी ग्रामीण पहुँच कार्यक्रम गरी पर्यटनमा जोड दिने हो भने देश चाँडैनै समृद्ध बन्ने थियो । समृद्धिको यात्रा पुरा हुने थियो । (शाखा प्रमुख, माछापुच्छ«्रे बैंक लि. बागलुङ)