सिवाईसीको नाफा २ करोड ५६ लाख

संकल्पको छैठौ साधारणसभा

बागलुङ, १७ भदौ– सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीको साधारणसभाको उद्घाटन गर्दै बचत तथा ऋण सहकारी संघ नेपालका महासचिव बिष्णुहरी ढकालले सहकारीहरु अब जनताको समृद्धिको आधार बन्नुपर्ने बताएका छन् । उनले ऋण दिने मात्र नभई नयाँ उत्पादन गरेर धनी बन्ने र समाजलाईनै आर्थिक उन्नतीको बाटोमा हिडाउने मार्ग दर्शक बन्नुपर्ने बताए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले पनि धेरै स्थानमा गरेको लगानीबाट युवा र महिलालाई व्यवसायिक बनाउन सफल भएकोमा प्रसंसा पनि गरेका थिए । सहकारीले एकै दिन कुश्मीसेरा, गलकोट, तित्याङ, बिहुँ, बरेङ, खरवाङ, बुर्तिवाङ र बागलुङ बजार समेत ८ स्थानमा साधारणसभा सम्पन्न गरेको हो । बागलुङमा भएको कार्यक्रममा कोषाध्यक्ष बिमला गुरुङको प्रतिवेदनमा एक बर्षमा ६ अर्व एक्काईस करोड तिलस लाख रुपैयाँको कारोवार भएको उल्लेख छ ।
८० करोडको सम्पत्ति पुगेको छ भने ९ करोड ५४ लाख आम्दानी र ६ करोड ९७ लाख खर्च भई २ करोड ५६ लाख नाफा गर्न सफल भएको छ । गण्डकी प्रदेशमै यो सहकारी बढी कर तिर्ने सहकारी समेत घोषित भएको छ । सिवाईसी सहकारीले बर्षभरको कारोवारबाट ४६ लाख ३८ हजार रुपैयाँ आयकर तिरको बताइएको छ । बढी कर तिरेको भन्दै आन्तरिक राजश्व कार्यालयबाट यो संस्था पुरस्कृत पनि भएको छ । संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामबहादुर केसीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । संगीता शर्माको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिस, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सल्लाहकार पदमनाथ शर्मा लगायत बिभिन्न सहकारी संस्थाका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । सहकारीले अन्तराष्ट्रिय ब्राण्डमा पुग्नका लागि सबै प्रकारका नियम समेत पालना गर्न थालेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
साथै हरेक शेयर सदस्य धनी बन्ने गरी काम थालिएको समेत बताए । यसैबिच सङ्कल्प वचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक अगुवा केवी रानाले सहकारीमा आवद्द भएका सदस्यलाई गरिवीको रेखाबाट धनीको सूचिमा लैजान पहल गर्नुपर्ने बताए । उनले सहकारी मार्फत देशकै समृद्धिको कामना गरिएकोले स्थानीय तहमा संकल्प पनि साझेदार बन्नुपर्ने बताएका थिए । सहकारी संस्थामा हाल सम्म ७ करोड ५१ लाख ५ हजार रुपैयाँको कारोवार भएको छ । कुल ३ सय ५२ जना शेयर सदस्य रहेको सहकारीले निक्षेप संकलन गरेको बताइएको छ । सहकारीका अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षता, सचिव रेशम आले र शोभा काउचाको संचालन तथा हरिकला थापा मगरको स्वागतमा सम्पन्न कार्यक्रममा प्रगती प्रतिवेदन रेशम आले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन काउचाले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा काठेखोला गाउँपालिका ८ की अध्यक्ष चित्रकला छन्त्याल, कुलबहादुर घर्ती मगर लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ठ बाल बचतकर्ता, विशिष्ट कारोवार गर्ने, असल ऋणी र शेयर सदस्यका बालबालिकाले परीक्षाहरुमा उत्कृष्ठ नतिजा ल्याएकोमा सम्मान समेत गरिएको थियो ।