विद्युतिय साक्षरता अभियान संचालन गर्न आग्रह

बागलुङ, १८ भदौ– सरकारले विद्युतिय सारक्षरता अभियान संचालन गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोडदिएका छन् ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ बागलुङको तेस्रो साधारणसभामा बोल्ने वक्ताहरुले प्रविधिको बढ्दो प्रयोगले समाजलाई जटिल र प्रविधिसँग अभ्यस्त नभएका नागरिकलाई असहज बनाएको भन्दै देशव्यापी रुपमा विद्युतिय सारक्ष अभियान सचालन गर्नुपर्ने बताएका हुन ।
साधारण लेखपढ गर्न सक्ने नागरिकलाई राज्यले साक्षरको सूचीमा राखे पनि प्रविधिको उचित प्रयोग गर्न नसक्दा धेरै नागरिक निरक्षर बराबर बनेको बताउँदै उनीहरुले प्रविधिसँग जनतालाई सहज बनाउने बातावरण निर्माण गर्नुपर्ने सुझाव राखेका थिए ।
सूचना र प्रविधिको प्रयोगले जनजीवन सहज, छिटो, छरितो र सरल बनाउन सवैलाई प्रविधिमैत्री आधारभूत सिपको विकास गर्न स्थानीय स्तरबाटै अभियान संचालन गर्नुपर्नेमा उनीहरुले जोडदिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले सूचना प्रविधिको विकासले कार्यसम्पादनमा सहज बनाउने बताउँदै प्रविधिको प्रयोग वढाउनुपर्ने बताए ।
कार्यक्रममा कम्प्युटर एशोशिएशन नेपाल महासंघका केन्द्रीय सचिव जगनवहादुर गुरुङ,केन्द्रीय सदस्य असोक वावु राना, गण्डकी प्रदेश उपाध्यक्ष तुल्सीराम पाण्डे , पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगाएतले बोलेका थिए ।
उद्घाटन सत्र क्यानका बागलुङका अध्यक्ष कृष्णप्रसाद पौडेल ‘कुमार’ को अध्यक्षता, उपाध्यक्ष भुमीराज शर्माले स्वागत र सचिव प्रकाश आचार्यको संचालनमा सम्पन्न भएको थियो ।