नेपाल बार एसोसीयनको चुनावी अभियान

बागलुङ, २२ भदौ — नेपाल बार एसोसिएसनको आसन्न अधिवेसनको तयारी भैरहेको समयमा पूर्व महासचिव माधव बास्कोटाले बागलुङबाट प्रचार अभियान थालेका छन् । केन्द्रीय अध्यक्षको दाबेदारमा रहेका बास्कोटाले बिहिबार बिहान बागलुङ कालिका भगवती मन्दिरमा पूजा गरेर आधिकारिक रुपमा मत मागेका हुन् । बिहिवार बास्कोटाले बरिष्ठ अधिवक्ताहरु, बागलुङ बार एसोसिएसनका पूर्व अध्यक्षहरु सहितका कानून व्यवसायीहरुसँग भेट गरेका हुन् । पूर्व महासचिव हुँदाको कामको मुल्यांकन गर्दै मत दिन उनले आग्रह गरेका थिए । साथै नेतृत्वमा पुग्दा कानून व्यवसायीको हितमा काम गर्ने र राष्ट्रका मुख्य एजेण्डामा बारको आधिकारीक धारणा बनाउने अभियान थाल्ने उनले बताए ।