जन्मदिनको खर्च कटाएर महासघंलाई सहयोग

बागलुङ, २८ भदौ– नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण अभियानलाई बानपा १ रामरेखाका महेन्द्र आचार्यले आर्थिक सहयोग गरेका छन् । उनका नाती सम्मानको छैठौ वर्षको अवसर पारेर जन्म दिनको खर्च ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । आचार्यले महासंघका अध्यक्ष दिल शिरिषलाई उक्त रकम हस्तान्तरण गरे । त्यस्तै तीज महोत्सवको आयोजना गरेको रुद्रेपिपल युवा क्लबले पनि ५ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले यस अघि भवन निर्माणको बेला सहयोग गर्न छुटाएको भन्दै उक्त रकम सहयोग गरेको हो । महासंघले भवन निर्माण अभियान जारी राखेको छ।  सभाहल समेत निर्माण गर्ने योजना बाँकी रहेकोले सहयोगीको खोजी भैरहेको छ ।