पहिरोले वडिगाड खोला थुनियो

तालमुनीका बस्ती जोखिममा

 

बागलुङ, ३० भदौ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरेमा भिषण पहिरो खसेर बडिगाड खोला थुनिएको छ । खोला थुनिएर ताल बनेपछि आसपासका भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाते तटीय भाग जोखिममा परेको छ ।
थुनिएको पानी एक्कासी फुट्ने त्रासले स्थानियबासी तितरवितर भएका छन् । खोला थुनिएको क्षेत्र भन्दा तल्लो भागमा रहेको सयौं घरहरु जोखिममा परेका छन् । यद्धपी कती घर जोखिममा छन भनेर एकिन भैसकेको छैन् । खोला छेउमा रहेका ४ घर खोला थुनिएर बनेको तालले ढुवाएको प्रहरीले जनाएको छ । खोला थुनिए पछि खर्बाङ बजारका सबै मानिसहरु रातभर जाग्राम अवस्थामा थिए ।
सम्भावित खतराबाट सचेत हुन स्थानिय प्रसासनले स्थानीवासीलाई सचेत बनाई रहेको छ । शुक्रवार दिउसो देखी नै तुरतुरेमा अलिअलि पहिरो बगिरहेको थियो राति ११ बजेको समयमा एक्कासी भीषण पहिरो खसेर बडीगाड खोला थुनिएको अवस्था छ । मध्यपहाडी लोकमागै अवरुद्ध छ, यात्रुहरु र तटीय किनारमा मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा प्रहरी लागेको अवस्था छ । पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी शनिवार बिहान देखी ओभरफ्लो भएर बग्न थालेको छ ।
घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले तालको पानी बग्न थालेको बताए । गयराती पहिरो खसेको खवर पाए लगत्तै सदरमुकामबाट हिँडेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल सहित नेपाली सेना र प्रहरीको टोलि घटनास्थलमा पुगेको छ । पहिरोले बनेको ताललाई व्यवस्थीत ढैगले खुलाउने बिषयमा अध्ययन भैरहेको घटनास्थलमा रहेका प्रजिअ खरेलले बताए ।
फोटोः पत्रकार बिमल खड्काको वालबाट