राष्ट्रिय बाल दिवश बागलुङमा पनि मनाईयो

बागलुङ, ३० भदौ — राष्ट्रिय बाल दिवश शुक्रवार बागलुङमा मनाइएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा भएको कार्यक्रममा बालबालिकाको अधिकार रक्षाका लागि सरोकारवालाले चासो राख्नुपर्ने बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका ाउप–प्रमुख बिष्णु भुषलले बाल अधिकारको क्षेत्रमा सबै गम्भीर बन्नु पर्ने वताए । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बाल अधिकार भनेको उच्च पदमा बस्नेले आफ्नो कर्तव्य सम्झेर दिने अधिकार भएको बताए । बालबालिका साना र आफ्नो बारेमा बुझ्ने अवस्थामा नभएकोले ठूलाबडाले बुझेर संरक्षण गरिनुपर्ने भएको स्पष्ट पारे । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले बालअधिकार सम्पन्न घरभित्र पनि पाउन नसकेको अवस्था भएको बताए ।

साथै सडकमा रहेका बालबालिका, श्रमिक बालबालिका र घरेलु कामदारलाई शिक्षा र स्वास्थ्यको अधिकारको पहुँचमा पु¥याउने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । जिल्ला बाल कल्याण समितिका अध्यक्ष बेदप्रसाद खरेलको अध्यक्षता, जिल्ला बाल संजालका अध्यक्ष गोबिन्द गौतमको संचालन र नेपाल बाल संगठनका अध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा बालकल्याण समितिका सदस्यहरु केवी राना, काजी रोशन, बाल क्लबका प्रतिनिधिहरु निर्मला कार्की, मनिषा पाठक लगायतले बोलेका थिए । त्यसअघि बालबालिकाहरुले प्रभातफेरी पनि गरेका थिए । ५४ बर्ष अघिदेखि बाल दिवश मनाउने थालनी गरिएको हो ।