जनप्रेम माध्यामिक विद्दालयमा बाल दिवस मनाईयो

बागलुङ, ३० भदौ — जिल्लाको ताराखोला गाउँपालिकामा रहेको जनप्रेम माध्यामिक विद्यालयले ५४ औं बाल दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । विद्यार्थीको क्षमता विकास गर्ने र बाल अधिकार तथा बाल श्रम न्युनिकरणका लागि चेतना जगाउने उद्देश्यले विद्यालयले विद्यार्थी सहभागी कार्यक्रमहरु सञ्चालन गरेको थियो । ताराखोला १ मा रहेका विद्यालयहरुको बिचमा प्राथमीक तह स्तरीय हाँजिर जवाफ प्रतियोगिता, विद्यालय स्तरीय म्युजिकल चियर, तातो आलु र अन्तर सदनात्मक लोक नृत्य प्रतियोगिता आयोजना गरीएको विद्यालयका शिक्षक हरी प्रसाद शर्माले बताए ।

बाल अधिकार र बाल श्रमका बिषयमा तयार पारिएको लोक नृत्य विद्यार्थीहरुले कलात्मक रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर गुरुङले घर देखी विद्यालय सम्म बाल अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा काठेखोला गाउँपालिका स्रोत व्यक्ति पुर्ण ढुंगाना, वाल कल्याण प्राविका शिक्षक रोशन हमाल, विद्यार्थी गिता पुन, सन्तोष कँडेल र शिक्षीका स्वस्तीका शर्मा लगायतले बोलेका थिए । कार्यक्रम जनप्रेम बाल क्लवमा अध्यक्ष अञ्जना पुनको अध्यक्षता, सदस्य गिता पुनको स्वागत र शिक्षक राजु विकको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगीताहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई शुक्रबारनै पुरस्कार प्रदान गरीएको छ । बालअधिकार सम्बन्धि बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका बालबालिका तथा शिक्षक अभिभावकहरुले बिद्यालय क्षेत्र परिक्रमा गरेका थिए । उनिहरुले बाल अधिकारको संरक्षण गर्न र बाल श्रमको अन्त्य गर्न भन्दै नारा समेत लगाएको शिक्षक हरीप्रसाद शर्माले जानकारी दिए ।