कविता : धोको

शहरको सबै भन्दा सुन्दर मन्दिर
जहाँ मुन्छेहरू
भगवानसँग लेनदेन गर्छन् दक्षिणा चढाएर
पाप र धर्मको
बोकाका गर्धन चुडाएर
फोहोर तुल्याउँछन् मन्दिर परिसर
र जीवन सुखको आराधना गर्छन
धोको छ
त्यो धर्मको नाममा पापको व्यापार चल्ने
मन्दिरै भत्काईदिने ।

धोको छ
शहरको माझमा विराजमान
उ त्यो न्यायलयको गजुर ढालिदिने
बहस पैरवीका नाममा ठगी व्यापार गर्नेहरू
र बेन्चमा बसेर सत्यको हत्या गर्नेहरू विरूद्व
मूर्दाबादको मुठ्ठि उचाल्ने !
(बाँकी जेलमै बसेर लेख्छु है सत्ता )
आमुल आमुलकोे फेसवुकवालबाट