अस्ताउँदो बागलुङ बजार र हाम्रो भविष्य

दुलही जस्तै सिगाँरिने बागलुङ बजारमा पहिले जस्तो चहलपहल, भीडभाड र रस्साकस्सी छैन । ब्यापार र आन्तरिक पर्यटनमा कमी आएको छ । विगत ५ बर्षदेखि बागलुङ बजारको ब्यापारमा ह्रास आउदै गरेको व्यापारीहरुले अनुभूती गरे, तर सरोकारवाला निकायको ध्यान जान सकेन । ब्यापार ब्यपारीकै लागी मात्रै हो भन्ने सोच राख्ने होभने डुङ्गामा प्वाल पर्दा त्यहाँ सवार सबै नागरिक डुबे जस्तै यसको प्रभाव सदरमुकामको वरपरका सबै क्षेत्रमा पर्ने निश्चित छ । आज ब्यापार चल्दैन, भोलि अस्पताल चल्दैनन, पर्सि स्कुल र कलेज चल्दैनन्, निकोर्सी सरकारी कार्यालय र राजनीति नचल्नाल तपश्चात यता आउने मान्छेहरुको गोडा नै चल्दैनन् अनि पाल्पा र बन्दीपुर जस्तै साँस्कृतिक शहर हुँदाको पीडा अनुभूती गर्ने कि अहिले नै सोच्ने ? प्रत्येक बर्ष ब्यापारी चहलपहल बढ्नुको साटो घट्नुको कारण के ? राजनीतिक परिवर्तनले यस्तो भएको हो ? होईन । के बागलुङ बजारको भविष्य नभएर यस्तो भएको हो ? होईन । के बागलुङ बजारमा लगानी गर्ने बैंक तथा वित्तिय निकायको कमीले यसो भएको हो ? होईन । के बागलुङ बजारमा सरकारी कार्यालय र सुरक्षाको प्रत्याभूती नभएर यस्तो भएको हो ? होईन । यदि माथिका एक बाहेक कुनैपनि कारण होईनन् भने कारण के हो त ? बहस अन्तक्रिया गर्ने गराउने कसले ? त्यसको लागि म कानुन ब्यवसायीको तर्फबाट प्रयास शुरु गरें अब पालो सबैहरु सबैको ।
ब्यापारको प्रमुख हस्ती साझेदार बागलुङ उद्योग बाणिज्य संघप्रति मैले जान्दा लेख्दादेखि नै दुईवटा विषयमा विमती राखे (१) उद्योग बाणिज्य संघले राजनीति मात्रै ग¥यो ब्यापारी र उद्योगपति भन्दा राजनीतिज्ञ मात्रै उत्पादन ग¥यो । (२) उद्योग बाणिज्य संघका अध्यक्ष वा नेतृत्वकर्ता धेरैजसोः बागलुङ बजार छाडे । बस्ने नेतृत्वले पनि ब्यापारिक कारोबार गर्न चुके कारण गैरब्यवसायीलाई संघको नेतृत्वमा ल्याईयो । तँपाई आफै अझै पनि अनुमान गर्नुहोस् स्व. शिव कुमार प्रधानदेखि बर्तमान जयरा म भारीसम्म आईपुग्दा उद्योग बाणिज्य संघको नेतृत्वमा कति नेतृत्व बास्तविक रुपमा उद्यमी या ब्यवसायी छन् वा ब्यापारबाहेक अरु केही गर्देनन् ? विषय छर्लङ्ग छ । हामीले देखेको लेख्ने हो सच्चाउने, नसच्चाउने काम जिम्मा उहाँहरुको हो । जबसम्म ब्यापारिक र औद्योगिक नेत्वृत्वलाई ब्यापार संघमा ल्याउन सकिदैन उसले ब्यापारलाई सच्चाउन नेतृत्व अगाडी बढाउन पनि सक्तैन । के बागलुङ बजारको ब्यापार गिद्वले सिनो लुछे जस्तै लुछ्ने रकम कुम्लाएर काठमाण्डौं या पोखरा खनाउनेहरुलाई प्रश्रय दिनु हो ? कि बागलुङको ब्यापारबाट कमाएर उभ्राएका (अघाएका) हरुलाई ठसठस उम्न दिने मन्च मात्रै हो ? पुराना ब्यापारी जसको हातमा बागलुङ बजारको आर्थिक राजनीतिक बागडोर थियो, उनीहरु रकमको थैलो सँगै पलायन हुँदाँ ब्यापार संघको आँखा पुगेन । उनीहरुलाई बागलुङमै उद्योगतर्फ लगानी गर्ने बाताबरण बनाउने योजना तथा सपना भएन । ब्यापारिक जगत सरकार पछिको शक्तिशाली संस्था हो । जसले सरकारलाई सजिलै चुनौती थपिदिन सक्छ । उदाहरणको रुपमा अहिलेकै महङ्गीलाई हेरौं । महङ्गी नियन्त्रण सरकारले गर्न नसकेको भन्दा पनि राज्य ब्यापारीसँग लड्न नसकेको अवस्था हो । बागलुङ बजारको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक बिरासत कुनै बेला बजार भित्रका मुठिभरका ब्यापारी हातमा थियो । जसले दोबिल्लाबाट बागलुङ बजार र रामरेखा सिँचाई र विद्युतीकरण गर्न ल्याएको कुलोले बजार बगाउने ढ्वाङ पिटेर आधाभन्दा बढी निर्माण भएको सिँचाई योजना तुहाई दिए । पोखरा बागलुङ मोटरबाटो कैलाम पोखरी–गौडाकोटहुदै बजार छिर्ने गरी नापजाँच गरिएको थियो आफ्नो जग्गा र पुरानो बजारलाई क्षति पुराउने भुतले मालेढुङ्गाबाट धपाए, कारण मालढुङ्गाबाट बेनी सडक बन्यो, कैलाम पोखरीबाट बागलुङ छिरेको भए बेनी जानको लागी बागलुङ बजार बाहेक म्याग्दीलाई अर्को विकल्प हुने थिएन । बागलुङ बेनी बाटो मालेढुङ्गा बेनी सडकभन्दा जेठो र कालीपुल भन्दा म्याग्दी पुल जेठो र छिटो बन्या हो । तर मालढुङ्गाको बाटो पिच हुने बागलुङ बेनी अझैसम्म स्तरोन्नती हुन नसक्नु कारण के हो ? ब्यापार, ब्यापार हो । राजनीतिक र शिक्षा फरक पाटो हो । शिक्षितले राम्रो र उन्नत ब्यापार गर्न सक्ला तर राजनीति र ब्यापार फरक विषय हो । तर हामीकहाँ राजनीति र ब्यापार, राजनीति र कर्मचारीतन्त्र, राजनीति र कानून ब्यवसायी, राजनीति र पत्रकारिता मौलाउदै गएको छ । यसले राम्रो भविष्यको संकेत गर्देन । सबै विधाका ब्यक्ति राजनीतिमा आउन सक्छन् राजनीतिज्ञ ब्यापारमा आएको विरलै सुन्न सकिन्छ । ट्रम्प ब्यापारबाट, बाराक ओबामा कानून ब्यवसायीबाट, मोदी ब्यापारबाट, ईमरान खान खेलकुदबाट राजनीतिमा आएको उदाहरण हामी सामु छ । तर उनीहरुलाई अब ब्यापारमा लान हम्मे पर्दछ । राजनीतिले ब्यापारिक जगतलाई डोहोराउने हो, राजनीतिज्ञले ब्यापार ब्यवसायको संगठन हाक्ने होईन । दुर्भाग्य हालै गठन भएको चेम्बर अफ कमर्सको अध्यक्षमा क्षेत्रीय सभापति दोर्ण कुँवर जि चुनिएछन् । के बागलुङमा राजनीतिमा आस्था राख्ने ब्यापारी नै नभएर यस्तो भएको हो या ब्यापारिक जगतमा चमत्कार नै ल्याउने नेतृत्व छनौट गरिएको हो ? जबाफ ब्यापारीले दिनु होला ?
बागलुङ बजार किन सुक्दै गईरहेको छ ? बजारको ब्यापारमा ह्रास किन आईरहेको छ ? बागलुङका दर्जनौ ब्यापारी र राजनीतिकर्मीसँग सुझामा माग्दा जबाफ यस्तो आयो ः

क) संघीयताको कारणले ब्यपारलाई विकेन्द्रीत ग¥यो ।
ख) संघीयताले कर्मचारीकै तलब गाँउपालिका जाँदा कारोवार उतै हुन थाल्यो ।
ग) बागलुङ बजारको यातायात प्रणाली अबैज्ञानिक भयो ।
घ) नयाँ पुराना ब्यापारीले चर्को महङ्गीका कारण ग्राहकहरुको आस्था घट्दै गयो ।
ङ) गाँउमा जाने यातायात सेवा नियमित र स्तरोन्नती हुदै गए ।
च) ब्यापारिक अनुशासन कायम गरिएन र नियमन गर्ने निकाय भएन ।
छ) एउटै बस्तुको मुल्य फरक पसलमा चौगुनासम्म भाउ फरक प¥यो ।
उद्योग बाणिज्य संघलाई रमिता, मेला र राजनीतिसँग मात्रै होईन बौद्विकता र ब्यापारसँग जोड । नेतृत्व गैरब्यवसायीले होईन ब्यवसायीले लिऔं ताकि ब्यवसायीको पीरमर्का, घाटा–नाफा, बजार प्रबर्धन, उद्योग र ब्यबसायलाई नजिकबाट विश्लेषण गर्न सकोस् । बागलुङका ठुला ब्यापारीहरुलाई उद्योगमा लगानी गर्नको लागी बाताबरण र प्रोत्साहन गर ताकि बागलुङमा ब्यवसायबाट आर्जित रकम पोखरा, काठमाण्डौं, बुटवल वा अन्य ठाँउमा लगानीको लागी नबाहिरियोस् । बागलुङमा पुराना ब्यापारी विस्थापन, नयाँ ब्यापारीको उदयले मुल्यको सन्तुलनमा मोलाहिजा भयो । जतिसक्दो बढि मुल्य असुल गर्ने प्रबृतिले ब्यापारिक शाख र अनुशासन कायम गरेन कारण क्रेताहरु विकल्प खोज्न अन्यत्र जान थाले । बागलुङमा सुन पसलले क्रेता ल्याउँदा कमिसन दिन्थे, त्यो फेन्सी ब्यवसायीमा पनि सरेछ । विवाहको समान किन्ने ग्राहक ल्याउँदा कमिसन दिने त्यो ब्यापारीक अनुशासन होईन तत्काल हटाउनु होला । सबै क्षेत्रमा उम्दो दलाली परम्पराले ब्यवसायिक भन्दा दलाली हाबी भए लाखौं करौडो लगानी गर्ने ब्यापारी सडकमा दलाली महलमा होला, रोग बेलैमा चिन्नु होला ।
ब्यापार घटेको र खस्केको हो बढाउन र उकास्न सकिन्छः
१. ब्यापारको पहिलो आधार आन्तरिक तथा बाह्य पर्यटन हो । तसर्थ होटल ब्यवसायीसँग अन्र्तक्रिया गर्नुहोस । होटेल चले अन्य ब्यवसाय आफै चल्छन् । यो ब्यापारिक सिद्वान्त हो त्यहाँ जोड दिनुहोला । बागलुङ जेसीजले भकुण्डेलाई नमुना गाँउ बनाउन मेहनत ग¥यो । जेसिजले जस्तै मेहेनत उद्योग बाणिज्य संघले गरेको भए आज घलेगाँउ र घान्द्रकु जस्तै भकुण्डेले मुहार फेथ्र्यो होला त्यसो गर्न सकिएन । अबको बागलुङ महोत्सव या बर्षको एक पटक उद्योग बाणिज्य संघले पर्यटन महोत्सव भकुण्डेमा गरोस् मेरो सुझाव । भकुण्डे जाने बाटो नगरपालिकाले पिच गरोस, होम–स्टेलाई उद्योग बाणिज्य संघले प्रोत्सहान गरोस् ।
२. चुरोकुरो राजनीतिमा छ । असल, योग्य र योजनाले लेश भएको नेतृत्व जन्माउन सकेनौं, जन्मेका केन्द्रीय राजनीतिमा लागे समस्या राजनीतिको होईन तपाईको हाम्रो हो । त्यसकारण राजनीतिक आवरणमा झोला मात्रै बोक्ने दर्शन, सम्बृद्वि र संभावनका सपना नदेख्नेलाई पाखा लगाऔं ।
३. मध्यपहाडी लोकमार्गको ९० कि.मी. सडक हाम्रै भुमिमा छ । यसलाई आन्तरिक पर्यटनमा लगाउन योजना बनाऔं । साथै कालीगण्डकी कोरिडोर बागलुङ हँुदै म्याग्दी जाने ढोका पहिल्याउ, बागलुङमा कालीगण्डकी कोरिडोर मध्यपहाडी लोकमार्गको ट्रान्जिट पोईन्टट बनाउन ढिला नगरौं ।
४. बागलुङ बजारमा ब्यवस्थित बसपार्क अझै बनेको छैन । नगरपालिकाले टेण्टर आब्हान गरेको छ आशा गरौ छिट्टै सम्पन्न हुनेछ । सबै ठाउँबाट गाडी छुट्ने झर्ने घुम्ति बासपार्कका यात्रुहरु बजारभित्र अड्किन सकेका छैनन् । तसर्थ बजारको ब्यापरलाई प्रभाव नपार्ने गरी बस, र्माइक्रो, जिप स्टप बनाऔं ।
५. बागलुङ बजार, भकुण्डे, भैरवस्थान र बागलुङ पन्चकोट केबुलकार, हटिया घुम्टे केवुलकार निर्माणको लागी तत्काल तयारी थालौं । विरेठाँटीदेखि मुक्तिनाथ सम्मको केवुलकारको संभाब्यता अध्ययन सकिँदा हाम्रा ब्यापारी र वित्तिय संस्थाले के हेरिरहेका छन ?
६. घर निर्माण गर्नेहरु विशेष गरी स्थानियहरुले बाटो च्यापी घर निर्माण गरि बाटो साँघुराउने कार्यलाई निरुत्साहित गरी नगरपालिकालाई बाटो चाक्लो बनाउन सहयोग गरौं । ब्यापारको नाउँमा सडकमा नाङ्गलो थाप्ने कार्यले पर्यटकहरुलाई राम्रो सन्देश दिदैन यसलाई शुरुदेखि नै निस्तेज गरौं । बाटो चाक्लो र नाङ्गले ब्यापारीलाई निरुत्साहित गर्दा ब्यापारीहरुको विरोध आफैलाई असहज हो ।
७. सफा, ब्यवस्थित पिच बाटो र ब्यवस्थित ढलको प्रबन्धको साथै माफदण्डविरुद्व आफुखुसी नक्सा डिजाईन गरी घर निर्माण गर्ने कार्यलाई रोकौं । होटलको मुल्य बागलुङकै हिसाबले राखौं । पोखरा काठमाण्डौंको तुलना नगरौं ।
८. मुल्य स्थिरता कायम गरौं । एउटा टोलमा ४० रुपयाँ केजीपाईने गोलभेंडा अर्को टोलमा ६० पर्दा नागरिकले ब्यापारीलाई के सोच्छ । साथै फेन्सीजन्य समानको मुखको मुल्य होईन बस्तुको मुल्य गर्नुहोस । सबै पसलमा मुल्य एकरुपता कायम गर्नुहोस् ।
अन्तमाः बिग्रेको केही छैन, बिग्रन लागेको अवस्थालाई सुधार्न सकिन्छ । त्यसको लागी राजनीतिक दल, नगरपालिका, जिल्ला समन्वय समिती, उद्योग बाणिज्य संघ र सरोकारवाला निकायहरुले आन्तरिक तथा बाह्य पर्यटको संभाब्यता अध्ययन गर्नुहोस, पन्चकोट, भकुण्डे, भेरमस्थान, कुँडुले मन्दिर, गाजाको धुरी, शिव धुरी, घुम्टेको धुरीलाई योजनामा राखी पर्यटनको विकास गर्नुहोस । कालिगण्डकी कोरिडोर म्याग्दी जाने गन्तब्य बागलुङबाटै बनाउनको लागी आजैबाट मेहनत गर्नुहोस  । बागलुङ बिहँु तत्काल पिच गर्न र नगरपाकिामा ब्यवस्थित ढलका लागी पहल गरिहाल्नुहोस ।
ब्यवस्थित बसपार्क निर्माणको लागी दबाव दिनुहोस् । हेल्थपोस्टमा रुपान्तर हुदै गएको अस्पताललाई अन्चल अस्पतालमा रुपान्तरण गर्नका लागी दरबन्दीका डाक्टरहरु सबैलाई अनिवार्य बस्ने बातवरण बनोस् ताकि उपचारको लागी बिरामीहरु आउन परोस् । धौलागिरी क्याम्पस र अन्य क्याम्पसको शैक्षिक गुणस्तर उकास्न मेहेनत गर्न लगाउनुहोस् । राम्रा निजी विद्यालय संचालको लागि आधार तयार पारिदिनुहोस् । साथै एउटा मात्रै भए मेडिकल कलेज र सरकारी विद्यालयहरुको स्तरोन्नती गर्नको लागी दबाव दिऔ । बागलुङ कालिका मन्दिर मुख्य गन्तब्य र आकर्षण हुदैछ तर मन्दिरलाई लक्षित गरी कुनै ब्यापारको योजना बन्न सकेको छैन त्यसको पनि अध्ययन गर्नुहोस् । हामीसँग प्रसस्तै संभाबना छ । संभावनाको खोजी मिलेर निस्कन्छ । तसर्थ राजनीतिक स्वार्थभन्दा माथि उठेर आजैदेखि पहल गरौं नत्र ब्यापारी विस्थापित भए सबै क्षेत्रका नागरिकलाई प्रभाव पर्दछ भन्ने हेक्का राखौं ।