बागलुङमा आली एण्ड एसोसिएट्सको शाखा विस्तार

बागलुङ, २ असोज — अष्ट्रेलिया लगायतका देशमा नेपाली विद्यार्थी पठाउँदै आएको ओली एण्ड एसोसिएट्स कन्सल्टेन्सीले बागलुङमा शाखा विस्तार गरेको छ । सोमबार बागलुङ बजारमा एक कार्यक्रमको आयोजना गरी कन्सल्टेन्सीले शाखा शुभारम्भ गरेको हो । शाखाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले ज्ञान सिप आर्जनको लागि विदेशीने विद्यार्थीलाई पुनः स्वदेश फर्काउनुपर्ने बताए । शैक्षिक उन्नतीको लागि भन्दै विदेशिएका युवा बिदेशमा नै पलायन हुने क्रम बढेको भन्दै खरेलले कन्सल्टेन्सीले युवा फर्काउने कार्यमा भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा कन्सल्टेन्सीका शाखा प्रबन्धक रमेश रिजाल, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख कुश्मराज उपाध्याय, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, कांग्रेसका कोषाध्यक्ष उमेश गौतम लगायतले बोलेका थिए । ओली एण्ड एसोसिएट्स कन्सल्टेन्सीको बागलुङमा ७ औं शाखा भएको जनाएको छ । नेपालका ७ जिल्लामा शाखा पु¥याएको कन्सल्टेन्सीले अष्ट्रेलियामा भने दश ठाउँबाट नेपालीलाई सहयोग गर्दै आएको छ । कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययनको लागि बिदेश जाने विद्यार्थीलाई सहयोग गर्ने प्रबन्धक रमेश रिजालले बताए । कार्यक्रमको सञ्चालन पत्रकार रबिना बोहराले गरेकी थिईन् ।मा भूमिका खेल्नुपर्ने बताए ।