स्थापनाको दश दिनमै दुई सय बाईस जनाको उपचार

बागलुङ, २ असोज– काठेखोला गाउँपालिकाले स्थापना गरेको सामुदायीक स्वास्थ्य ईकाले सेवा प्रारम्भको १० दिनमानै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायीक स्वास्थ्य ईकाइले गत भदौ मसान्त सम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । स्थानियलाई पायक पर्ने स्थानमा स्वास्थय संस्था नभएका कारण स्थापना गरीएको स्वास्थ्य ईकाइले पहिलो दश दिनमानै २ सय २२ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।
धम्जा स्वास्थय चौकीबाट काजमा खटिएका सिनियर अहेव र एक जना कार्यालय सहयोगीले ईकाइ मार्फत सेवा प्रदान गरीरहेका छन् । स्वाथ्य ईकाईमा आएका ३ जनालाई डिपो सुई, ३ जनाको सुगर जाँच, ८ जनाको अत्याधिक रक्तचाप, ५ जना रक्तचापकै कारण अस्पताल रिफर गरीएको र मुटुको समस्या भएका दुई मध्ये एक जनालाई काठमाण्डौ पठाईएको सिनियर अहेब लोक बहादुर भण्डारीले बताए । अन्य सामान्य समस्या लिएर ईकाइमा आएका बिरामीलाई चेक जाँच पछि औषधि उपचार गरेर पठाईएको भण्डारीले जानकारी दिए ।
पुर्वाधार तथा उपचार सामग्रिको अभावमा रहेको स्वास्थय ईकाईलाई बिभिन्न समुहले सहयोग समेत गरेका छन् । धम्जामा रहेको माझकटेरा भजन समुहले डिजिटल व्लड प्रेसर मेसिन, गौथली सांकृतिक समुहले इलेक्ट्रीकल वाटर डिस्पोन्स, भजन समुह माझकटेराले व्लड ग्लुकोज मोनिटर, राजा वाच पोखराले भित्ते घडि लगायतका सामाग्रि सहयोग गरेका छन् । इकाईले स्थानियको सहयोग र सद्भावका आधारमा आफ्नो सेवाहरुलाई बिस्तार गर्दै जाने बताएको छ । पिसावबाट गभृ परिक्षण, बिद्यार्थी छात्राहरुलाई प्याडको व्यवस्था, अक्सीजनको व्यवस्था लगायतका अपुग सेवाहरुलाई तत्काले बिस्तार गरीने भण्डारीले बताए ।