कस्तुपको दशै गीत सार्वजनिक (भिडियो सहित)

आउँथे सानु चरि झैं उडेर
साहुले राख्यो पखेटा चुडेर
दशैंका जमरा, सानु तिम्रो मायाँमा बाँचेको मुग्लानी भमरा
कस्तुप पन्तले दशैं आउनुभन्दा एक महिना पहिला बजारमा ल्याएको एल्बम ‘दशैंका जमरा’ले यतिबेला बजार तताएको छ । तिज सकिँदा साथ दशैं गीत सार्वजनिक गरेका पन्तले समाबेश गरेका शव्दहरु रुचाईएका छन् । गीतमा समाबेश भएका शव्दहरुले काम बिशेषले घर बाहिर हुने र प्रदेशमा रहेकाहरुको समस्यालाई सम्बोधन गरेकाले गीतले चर्चा पाएको हो । बैदेशीक रोजगारीमा रहेकाहरुलाई लक्षित गरेर बनाएको गीतले सार्वजनिक भएको एक हप्तामानै युट्युवमा राम्रो दर्शक पाएको गीतका सर्जक कस्तुप पन्तले बताए । पन्त आँफैले लय शव्द सिर्जना गरेको गीतमा पुरानी गायिका सर्मिला गुरुङले पन्तलाई स्वरमा साथ दिएकी छन् । कमल सौरागले गीतमा संगित संयोजन गरेका छन् ।
कहिले आउँछौ मुग्लानी घर,
सँगै दशैं मनाउने रहर
दशैंका जमरा, दिलको फुल ओईलिने बेला भो आउ छिट्टै
सारथी म्युजिकले बजार व्यवस्थापन गरेको गीतमा शव्द र लयलाई स्वरले पनि न्याय दिएको सर्जकहरु बताउँछन् । १२ वर्ष अघिको हिट गीत अंगुर अमिलो…मा शर्मिला गुरुङसँग सहकार्य गरेका कस्तुप पन्तले १२ वर्षपछि उनैसँग यो गीत गाएका छन् । अंगुर अमिलोमा बिमलराज क्षेत्री, कस्तुप पन्त र शर्मिला गुरुङको सहकार्य देखिन्थ्यो भने यसपटक पन्त र गुरुङले दशैंको गीत सँगै गाएका हुन् । पर्वत स्थायी घर भएका पन्तले आफ्ना गीतमा प्रायः सोही स्थानका भाकाहरु समावेश गर्ने गरेको बताए । उनका अनुसार, दशैंका जमरा बोलको यो गीतले विदेशीएका व्यक्तिको मात्र नभएर घरबाट टाढा भएका व्यक्तिहरुको कथा व्यथा बोलेको छ । देशभित्रै पनि कामको सिलसिलामा घरबाट टाढा भएका र विदा नमिलेर दशैंमा टिका जमरा ग्रहण गर्न घरपरिवार माझ पुग्न नसकेकाहरुको कथा नै आफुले समावेश गरेको पन्तको भनाई छ । गीत केही छिटो बजारमा आएको भएपनि दर्शक स्रोताका बिचमा निकै लोकप्रिय बन्दै गएको पन्तले दाबी गरे ।