प्रकाश घर्ति र उजिर मगरलाई सुप्रबल जनसेवा श्री पदक

बागलुङ, ३ असोज– बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित हुने भएका छन् । गृहमन्त्रालयले बुधबार सूचना प्रकाशन गरी संविधान दिवसका अवसरमा राष्ट्रपतिले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेकालाई मानपदवी, अलंकार, पदकद्वारा विभूषित गर्ने जनाएको हो ।
घर्तिले लामो समयदेखी राजनीति र समाज सेवाका क्षेत्रमा काम गर्दै आएका छन् । त्यस्तै बागलुङकै पत्रकार उजिर मगर पनि बिभूषित हुने भएका छन् । गृह मन्त्रालयका अनुसार मगर प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सम्मानित हुने भएका हुन् । मगर पत्रकार महासंघका पुर्व महा–सचिव समेत हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा जन्मिएका मगर काठमाण्डौमा पत्रकारीता पेसा गर्दै आएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनता अनुसार बागलुङबाट दुई जनाको नाम बिभुषित हुनेमा समाबेश गरीएको छ । उनिहरुलाई अर्को बर्ष मात्रै पदक बितरण गर्ने गृह मन्त्रालयले जनाएको छ ।