धौलागिरी अञ्चल अस्पताल र कालिगण्डकी कोरिडोर अनुगमन

अस्पतालमा डाक्टर नआएको बिषयमा सांसदको चासो

बागलुङ, ८ असोज– प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकले आईतबार धौलागिरी अञ्चल अस्पताल र कालीगण्डकी कोरीडोरको अनुगमन गरेका छन् । धौलागिरी अञ्चल अस्पतालमा मन्त्रालयले खटाएका डाक्टरहरु हाँजिर भए नभएको बिषयमा चासो राख्दै पाठक अस्पताल पुगेका हुन् । मन्त्रालयले तोकेर पठाएका छ जना बिषेशज्ञ डाक्टमध्ये चार जना डाक्टर अस्पतालमा अझै नआएको पाईएको छ । बिषेशज्ञहरु मध्ये गाईनोलोजिस्ट, स्त्रिरोग, बालरोग र जनरल सर्जन अझै हाँजीर नभएको पाईएको पाठकले बताए । त्यस्तै नेपाली सेनाले मर्मत गरिरहेको कालिगण्डकी कोरीडोरको पनि सांसद पाठकले अनुगमन गरेका छन् । कालीगण्डकी कोरीडोरको मालढुंगा टाकुरी खण्ड अन्र्तगत बलेवा बिमानस्थल नजिकै बिग्रीएको बाटो र अमलाचौर र नारायणस्थानको सिमानामा पर्ने धापेखोलामा बिग्रिएको बाटो निरीक्षण गरेको पाठकले बताए । नेपाली सेनाले मर्मतको काम गरिरहेकाले केही दिनमानै बाटो निर्वाध चल्ने अवस्थामा आउने उनको भनाई थियो । निर्बाचन क्षेत्रमा चलिरहेका बिभिन्न बिकासे योजनको अनुगमन निरिक्षण र सर्वसाधारण सँगको भेटघाटका लागि पाठक बागलुङ आएका हुन् ।