न्यायः आकाशको फल नहोस्

देशले संबिधान दिवस मनाईरहा नेपाली जनता आन्दोलनमै केन्द्रीत छन् । कंचनपुर कि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि झन्डै दुई महिना बितिसकेको छ । सरकारले हत्याकाण्ड छानबिन हुँदै गरेको र छिट्टै अपराधी सार्वजनिक गर्ने कुरा गरिरहेको छ । तर घटना २० को १९ हुन सकेको छैन । नेपालमा धेरै हत्याकाण्ड भइसकेको जनतालाई जानकारी नै छ । पंचायतकालमा काठमाडौका दिदीबहिनी नमिता र सुमिताको पोखरामा बलात्कारपछि हत्या भएको थियोे । त्यो समयमा पनि अहिले जस्तो ठूलो आन्दोलन भएको थियो । देशमा बलात्कार गर्नेलाई कार्वाहीको माग नभएको पनि हैन । पंचायकालमा दरबारका तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहलाई नै लक्षित गरेर आन्दोलन भएपनि न त नमिता सुमिताले न्याय नै पाए न त अपराधी नै पत्ता लाग्यो । जनताको आन्दोलन त्यसै सेलाएर गयो । शक्ति, सक्ता आफ्नो हातमा भएको बेला शासकले आन्दोलनलाई त्यसै दबाउन सक्छ भन्ने कुरा राजनीतिको सामान्य बिद्यार्थीलाई पनि थाहा भएको बिषय हो ।
नेपालको इतिहासमा दरबार हत्याकाण्ड चर्चित काण्डमा पर्छ । राजा बीरेन्द्रको बंश नास हुने गरि भएको बहुचर्चित दरबार हत्याकाण्ड युवराज दिपेन्द्रले नसा खाएको भरमा गरेको भनेर त्यति ठुलो दरबार हत्याकाण्ड गरेकोे भनेर हत्याकाण्डलाई झासमिस पार्ने काम गरिएको कुरा दिनको घामझै छर्लङ्ग छ । दरबार हत्याकाण्डको निषपक्ष छानबिन गर्न शक्तिशाली आयोग बनाउने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तारानाथ रानाभाटले दरबार हत्याकाण्डबारे गरेको छानबिन कस्तो थियो भन्ने कुरा अहिले पनि नेपाली जनताले भुलेका छैनन् । नेपाली कांग्र्रेसका नेता तथा प्रधानमन्त्री कोइरालाले दरवार हत्याकाण्डको ग्राउण्ड डिजाइन भएको भन्दै त्यो पोल खोलिदिने भनेर बेला–बेलामा भनेपनि त्यो कुरा पनि मात्रै कुरामा सिमित भएको कुरा पनि दुनियाँलाई थाहा छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैले चासो राखेको बिषय दरबार हत्याकाण्डको सत्यतथ्य अझैसम्म बाहिर आउन किन सकेन भन्ने कुरा स्पष्ट छ । यो हत्याकाण्डमा देशको हैन बिदेशी शक्ति कै हात छ भन्ने कुरा स्पष्ट छ । अहिले दरबार हत्याकाण्ड त त्यसै ओझेलमा पर्छ भने निर्मला पन्तको हत्यारा बाहिर सजिलोसँग आउँछ भनेर बिश्वास गर्ने आधार बनेको छैन ।
नेपालको अर्काे बहुचर्चित हत्याकाण्डमध्ये नेकपा एमालेका महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दास ढुंगामा भएको जीप दुर्घटनामा पारि हत्या भएको बिषयले नेपालमा ठूलो आन्दोलन भएको थियो । नेपाली जनताले राम्रो नेताको रूपमा लिएका नेता मदन कुमार भण्डारी र जीबराज आश्रीतको दासढुंगा हत्या काण्डले ठूलो आन्दोलनको रूप नलिएको पनि हैन छानबिन समिति गठन गरिए तर उच्चस्तरीय छानबिन समितिले पनि हत्याकाण्डबारे केही कुरा बाहिर ल्याउन सकेन । ड्राइभर अमर लामा केही समय जेलमा बसे तर पछि छुटेपछि अमर लामोको पनि हत्या भइसकेको छ । दासढुंगा हत्याकाण्ड छानबिन गरेर हत्यारा पत्ता लगाई कार्वाही गर्ने भनी नेकपा एमाले पटकपटक सरकारमा पुग्यो तर दास ढुंगा हत्याकाण्डबारे अहिलेसम्म केही कुरा बाहिर आएन । नेकपा एमालेबाटै मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री भए । मदनकुमार भण्डारीका धर्मपत्नी बिद्यादेवी भण्डारी राष्ट्रपति बनिन् तर कसैलाई दासढुंगा काण्डबारे सोच्न फुर्सद छ न छानबिन गरेर सत्यतथ्य कुरा नै बाहिर ल्याउन सकेको छ । इतिहासकै शक्तिशाली सरकार छ देशमा । कसले रोकेको छ छानबिन गर्न, यसबाट के कुरा बुझ्न सकिन्छ भने दासढुंगा काण्ड केवल सत्तामा र सरकारमा जाने भ¥याङ रहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । हैन भने किन चुपचाप छ त बर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टी कुरा सबैले बुझिसकेका छन् ।
पछिल्लोपटक कंचनपुरको निर्मला पन्तको हत्याकाण्ड भएपछि पनि देशमा सयौं बलात्कारको घटना घटिसकेको छ । मानौ अहिले यो बलात्कारको सिजन भए जसरी गाउँ–गाउँमा, शहर बजारदेखि देशको राजधानीमा खुलेआम बालिका मात्रै हैन ९ महिनाको शिशुलाई समेत अपराधी नरपिचासहरूले बलात्कार गर्न बाँकी राखेका छैनन । देशमा सरकार छैन भनेर भनुभने इतिहासमै शक्तिशाली सरकार छ । यदि सरकार छ भनुभने इतिहासमै लाचार र निकम्मा सरकार छ । यो कुरा कुनै भावनामा बहकेर भनेको हैन । साँच्चै देशमा सरकार छ भन्ने अनुभुति कसैले गर्न पाएका छैनन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भन्ने पार्टी देशमा छ कि छैन भनेर यतिबेला लाइट बालेर खोज्नु पर्ने बेला आएको छ । बलात्कार गर्नेलाई कार्वाही गर, हत्या गर्नेलाई कार्वाही गरि पाउ भनेर प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपति कहाँ पुगेर गुहार माग्नुपर्ने बेला आएपछि कसरी नेपाली सुरक्षित छन् भनेर बिश्वास गर्ने ।
अहिले एकपछि अर्काे छानबिन समिति गठन गरिएको छ । साँच्चै बिरालो कालो छ कि सेतो छ भन्ने कुरा प्रमुख हैन बिरालोले मुसा मार्छ कि मार्दैन त्यो प्रमुख हो । अहिले गठन भएको छानबिन समितिले हत्याकाण्डको सत्यतथ्य कुरा बाहिर ल्याएर दोषीलाई कार्वाहीको सिफारिस गर्न सकेमात्र सार्थक हुनेछ । अन्यथा मात्रै नाटक मंचन गरेर आन्दोलनलाई थामथुम पार्ने खेल भन्दा अर्काे केही पनि हुने छैन । पछिल्लो समय बलात्कार गर्नेलाई फासी दिने कानुन बनाउनु पर्ने माग गरिरहेका छन् । साँच्चै फाँसी मात्रै हैन बलात्कार गर्नेलाई सार्वजनिक ठाउँमा ल्याएर गोली ठोकेर मार्ने कानुन बनाउन जरुरी देखिन्छ । जबसम्म हामीले समाजमा बलात्कार गर्नेलाई खुलेआम हिड्न दिने वातावरण बनाउछौ जब बलात्कारको घटनालाई मोल मोलाहतमा छिनोफानो गर्दै जान्छौं तबसम्म बलात्कारका घटना घटिरहने छ । हजारौं निर्मलाहरू यहाँ बलात्कारको शिकार बनिरहने निश्चित छ । ब्यबस्था जुनसुकै आएपनि जबसम्म अबस्था परिवर्तन नभएसम्म केही अर्थ छैन । देशको राष्ट्रपतिमा बिराजमान नेपालकै पहिलो महिला राष्ट्रपति बिद्यादेबी भण्डारी आफु शक्तिशाली पदमा भएको बेलामा आफ्नो श्रीमान मदनकुमार भण्डारीको हत्याकाण्ड पत्ता लगाउन नसकेको बेला देशमा निर्मला पन्तको हत्याकाण्ड पत्ता लगाउने कुरा मात्रै आकाशको फल आँखातरि मर भने झै हो भन्ने कुरामा कुनै शंका छैन ।