‘बिर्सेर बाँच्न सक्ने छैन कहिले तिमीलाई’ भिडियो सार्वजनिक

बागलुङ, ९ असोज – प्रकाश पौडेल (इमरान) र सारिका केसीले अभिनय गरेको म्युजिक भिडियो  ‘बिर्सेर बाँच्न सक्ने छैन कहिले तिमीलाई’ सार्वजनिक भएको छ । माया प्रेममा आधारित यस आधुनिक गीतको भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । उमङग म्युजिक प्रालीको प्रस्तुतीमा निर्मित ‘बिर्सेर बाँच्न सक्ने छैन कहिले तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हाे । संगितकार ऋषि खड्काको शब्द संगित रहेको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन् । प्रकाश पौडेल (इमरान)ले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो।
भिडियो :