प्रेम सापकोटाको ‘दशैं खर्च’ सार्वजनिक (भिडियो सहित)

बागलुङ, १४ असोज– दशैं नजिकिँदै जाँदा लोक दोहोरी गितसंगितको बजारमा नयाँ नयाँ गितहरु आउनेक्रम बढेको छ । समसामयीक बिषय बस्तुलाई दशैं सँग जोडर लोक भाकाका गितहरु बजारमा ल्याउने क्रममा बागलुङे सर्जक प्रेम सापकोटाले पनि दशैं गित बजारमा ल्याएका छन् । दशैंमा प्रदेशमा रहँदाको पिडा र घर परिवारलाई खर्च पठाउन नसकेको समस्यालाई उजार गर्दै सापकोटाको नयाँ एल्वम ‘दशैं खर्च’ बजारमा आएको हो ।
नेपालीहरुको महान पर्वका रुपमा मनाईने दशैं पछिल्लो समय खर्चिलो बन्दै गएको बिषय बस्तुलाई आधार बनाएर सापकोटाले गित तयार परेका छन् । साहुको ऋण तिर्नको लागि बिदेशीएको छोराले दशैं खर्च पठाउन नसक्दा घर परिवारमा छाउने निरासालाई गितका शव्द मार्फत आम श्रोता तथा दर्शको बिचमा ल्याएको सापकोटाले बताए । आफ्नै शव्द सँगितमा सापकोटाले तयार पारेको गितमा देवी घर्तिले स्वरका लागि साथ दिएकी छिन् ।
रोजगारीको शिलशिलामा जापानमा रहेका सापकोटाले आँफुले बिदेशमा देखेको दुःख र परिवारको बाध्याता लगायतका बिषयलाई उठाउन खोजेको दावी गरे । युट्युव च्यानल मार्फत बजारमा आएको गितको म्युजिक भिडियो आरति मिडिया प्रा.लि.ले तयार पारेको हो । म्याुजिक भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन् । सापकोटाले यसभन्दा अघि समसायीक बिषय बस्तुका दुई दर्जन बढि गित बजारमा ल्याएका छन् । प्रदेशीका दुख र मायाँ प्रेममा आधारीत गित धेरै लेखेका सापकोटाका केही गितहरुले निकै चर्चा पाएका थिए ।