बिनामारेमा नेकपाको प्रशिक्षण

बागलुङ, २० असोज — नेपाल कम्युनिष्ट पार्टि जैमिनी नगर कमिटिको आयोजनामा जारी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम शनिवार जैमिनी ५ बिनामारेमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका युवा नेता राजिव घिमिरेले अवको देशको राजनितीक नेतृत्व युवाले गर्ने बताए । देशको आमुल परिवर्तनका लागि युवाको नेतृत्व आवश्यकता रहेकाो भन्दै घिमिरेले नेतृत्व हस्तान्त्रणको काम नेकपाबाट सुरु हुने बताए ।

यतिवेला दुई तिहाईको सरकारका काम कारवाहीका बिषयमा बिपक्षीहरुले व्यपाक चर्चा गरेको भन्दै सरकारको काम कारवाहीलाई सघाउनु पार्टि कार्यकर्ताको दायित्व भएको घिमिरेको भनाई थियो । चाड पर्व नजिकिँदै गरेको भन्दै घिमिरेले पर्वहरलाई उल्लासमय बनाउन बिभेद रहित पर्व मनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा युवा नेताहरु लाल बहादुर परियार, सावित्रा राना, प्रदिप थापा लगायतले बोलेका थिए । नेकपाका युवा नेता रमेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत राम पौडेल र सञ्चालन नारायण रेग्मीले गरेका थिए ।