मातृभुमीको साधारण सभा

बागलुङ, २० असोज — जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको मातृभुमी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षको अन्त सम्ममा १० करोड ७५ लाख भन्दा धेरैको कारोवार गरेको छ । शनिवार आफ्नो दशौं बार्षिक साधारण सभाको अवसरमा सार्वजनिक आर्थिक प्रतिवेदन अनुसार संस्थाले बचत तथा ऋणको कारोवार मार्फत झण्डै ११ करोडको कारोवार गरेको जनाएको हो । संस्थाले १ करोड, १८ लाख ६४ हजार २ सय ९७ खर्च गर्दै १ करोड २० लाख ९७ हजार ४ सय १४ रुपैयाँ आम्दानी भएको जनाएको छ । संस्थाले बार्षिक रुपमा शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको शेयर लाभांश र खर्च कटाएर कुल २ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले एकै बर्षमा ८२ प्रतिशत भन्दा धेरै शेयर पुँजी जम्मा गर्न सफल भएको संस्थाका सचिव राम प्रशाद शर्माले बताए ।

बार्षिक साधारण सभाको अवसरमा एक जना जेष्ठ नागरीक शेयर सदस्य, शेयर सदस्यहरु मध्येवाट उत्कृष्ट बाल बचत कर्ता लगायतलाई सम्मान गरेको थियो । साधारणसभाको उद्घाटन गर्दै धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर रामप्रशाद उपाध्यायले शहकारीको माध्याबाट जम्मा भैरहेका शाना शाना पुँजीहरुलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा सल्लाहकार भवानी प्रसाद शर्मा, बहुद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र पौडेलकोको स्वागत र सचिव राम प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।