ब्रह्मकुमारी सावित्री दिदी दिव्य अभिनन्दनबाट सम्मानित

सावित्री दिदीले २०५५ देखी बागलुङमा रहेर राजयोग प्रशिक्षणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् ।

बागलुङ, २१ असोज – ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र बागलुङकी सन्चालिका, धौलागिरी क्षेत्र प्रमुुख बरिष्ठ राजयोगिनी ब्रह्मकुमारी सावित्री दिदीको शनिवार दिव्य अभिनन्दन गरिएको छ । सभासद मना केसी, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, पूर्व सांसद प्रकाश शर्मा पौडेल तथा नरबहादुर थापामगरव्दारा ब्रह्मकुमारी सावित्री दिदीको दिव्य अभिनन्दन तथा बधाई सम्मान राजयोग प्रशिक्षण केन्द्र ओम शान्ति भवन बागलुङमा  गरिएको हो ।
लेखनाथ (कास्की) निवासी बुबा स्व. दीनानाथ बराल तथा माताजी चुनिमायाँ बराल (ब्रह्मकुमारी दुर्गा माताजी) को कोखबाट २०२२ साल मंसिर ९ गते ब्रह्मकुमारी सावित्री दिदीको जन्म भएको हो । १३ वर्षको बाल उमेरदेखिनै आफ्नो जीवनलाई समाज सेवामा लगाई मानव जीवन सार्थक गर्ने र गराउने उद्देश्यले ब्रह्मकुमारी सावित्री दिदीले २०५५ देखी बागलुङमा रहेर राजयोग प्रशिक्षणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । अभिनन्दन समारोहको सन्चालन ब्रह्मकुमार योगनाथ कँडेलले गरेका थिए ।