२३ दिनपछी मध्यपहाडी लोकमार्ग सन्चालनमा

बागलुङ, २१ असोज – तुरतुरे देउरालीको पहिरो खसेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग शनिवारबाट सन्चालनमा आएको छ । पहिरोको दुबै साइडबाट दुईदुई स्काभेटरले पहिरो सफा गरेपछि अवरुद्ध बनेको २३ दिन पछी शनिवादेखि लोकमार्ग सन्चालनमा आएको हो । मध्यपहाडी लोकमार्ग  सन्चालनमा आएपछि स्थानीयवासीमा खुशी छाएको छ ।
चाडबाडको मुखैमा लोकमार्ग अवरुद्ध बनेपछी दैनिक उपभोग्य बस्त’ देखी स्थानीयवासीलाई आवत जावतमा समेत समस्या परेपछी जनजीवन कष्टकर बनेको थियो । सवारी साधन सन्चालनमा सन्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन ।अवरुद्ध सडक सन्चालनमा ल्याउन मध्यपहाडी लोकमार्गका ईन्जिनियर जयनाथ यादव केहि दिन देखी तुरतुरे पहिरोमा रहेका कार्य गर्दै आएका छन् ।