जैमुनी ९ र १० मा नेकपाको कार्यक्रम सम्पन्न

बागलुङ, २२ असोज — नेपाल कम्युनीष्ट पार्टि जैमुनी नगर कमिटीको आयोजनामा जारी कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रमको ७ औं दिन आइतबार जैमुनी नगरपालिका वडा नं. ९ र १० मा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवमं नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य बलावती शर्माले बोल्दै “पार्टीको जिल्ला र नगर स्तरीय कमिटी बन्न समय लागेको भएपनि छिट्टै नै सबै ठाँउमा कमिटी बन्ने र यस ढिलाई भएको अवस्थामा कोही पनि कार्यकर्ता नअत्तालिन आग्रह गर्दै नजिदै गरेको वडा दशैको शुभकमना समेत दिएकी थिइन् ।

”साथै कार्यक्रममा नेकपाका युवा नेता लाल बहादुर परियार, सावित्री राना र प्रदीप थापा मगरले पार्टी एकतालाई टुंग्याउनु पर्ने बताउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जैमुनी नगरपालिकाका पार्टी सदस्य पशुपती शर्माको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा स्वगत मन्तव्य गिरी प्रसाद शर्मा र संञ्चालन बसन्त थापाले गरेका थिए ।