गृहमन्त्रीको निर्देशन : सिमानाको तस्करी रोक्नू, तीन महिनामा परिणाम देखाउनू

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सिमानामा हुने तस्करी र अपराधका घटना नियन्त्रणमा सशस्त्र प्रहरीबललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा सोमबार सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख नायव महानिरीक्षकहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।