न्यायपूर्ण समाज निर्माणमा सहकारीको योग्दान–नगरप्रमुख पौडेल

विभिन्न कार्यक्रमहरु गरी समृद्धि दिवस मनाईयो

बागलुङ, २३ असोज–बागलुङ नगरपालीकाका नगरप्रमुख जनकराज पौडेलले न्यायपूर्ण समाज निर्माण गर्नमा सहकारीले महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।बागलुङ बजार स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको नवौं समृृद्धि दिवसको अवसरमा प्रमुख अतीथी पौडेलले सो कुरा बताएका हुन् । सहकारीमा कम्पनीहरुमा जस्तो बहुमतको मत लागु नहुने कुरा व्यक्त गर्दै नगरप्रमुख पौडेलले सबैको अधिकार बरावर र समान सहभागिता सहकारीको सुन्दर पक्ष रहेको बताए । उनले सहकारीले लोककल्याणकारी क्षेत्रमा गरेका कार्यहरु प्रशंसनीय रहेको समेत बताएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ का सञ्चालक सदस्य लीला खड्का, सल्लाहाकारहरु देववहादुर श्रेष्ठ, वद्रिप्रसाद पौडेल, शकुन्तला शर्मा, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, हटिया सदस्य सेवाकेन्द्रका सञ्चालक खिम शाहानी, शेयर सदस्य सञ्जय राजभण्डारी, काजस्मान गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेको थिए ।

संस्थाले आफ्नो कारोवार सुरुवात भएको दिन आश्विन २२ गतेलाई समृद्धि दिवसका रुपमा मनाउने गर्दछ । जिल्लाभर रहेका आफ्ना ७ वटा सदस्य सेवाकेन्द्रहरुमा आजकै दिन विभिन्न कार्यक्रमहरु गरी समृद्धि दिवस मनाएको छ । दिवसका अवसरमा संस्थामा असल कारोवार गरेका ५ हजार १ सय १६ जना सदस्यहरुलाई संरक्षीत पुँजी फिर्ता कोषबाट रकम उपलब्ध गराईएको थियो । संस्थाका सम्पूर्ण सेवाकेन्द्र अन्तर्गत उत्कृष्ट १० जना र केन्द्रिय कार्यालय अन्तर्गत उत्कृष्ट ३० जनालाई कार्यक्रममै उपस्थित गराई चेक मार्फत उक्त रकम हस्तान्तरण गरिएको थियो । संरक्षीत पुँजी फिर्ता कोष अन्तर्गत सबैभन्दा धैरै रकम शेयर सदस्य सिवाईसी नेपालले २ लाख ८१ हजार १ सय ५६ रुपैया प्राप्त गरेको छ ।

समृद्धि दिवसकै अवसरमा संस्थाका शेयर सदस्यहरुका छोरा छोरी मध्येवाट प्लस टु मा सर्वोत्कृष्ट अंक ल्याउने ५ जनालाई नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका ७ वटा सदस्य सेवाकेन्द्र अन्तर्गत संस्थाको लक्ष्य प्राप्तीमा उत्कृष्ट कार्य गरी योगदान गरेबापत हटिया सदस्य सेवाकेन्द्रलाई नगद रु. १० हजार र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । सोही अवसरमा युवा स्वरोजगार कोषसंगको सहकार्यमा संस्थाले युवाहरुलाई उद्यम व्यवसायका लागि प्रदान गर्दै आईरहेको विना धितो र सहुलीयत ऋण अन्तर्गत जिल्लाका ७ जना व्यवसायी युवाहरुलाई रु.१२ लाख रुपैया समेत प्रदान गरेको थियो ।

कार्यक्रमको समापनका क्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले नाफा बाड्दैन भन्ने बजार हल्लालाई आज गलत सावित गरिदिएको बताएका थिए । उनले संस्थाले शेयरको आधारमा १५ प्रतिशत सबै सदस्यहरुलाई लाभासं दिएर पनी कारोवारको आधारमा संरक्षित पुँजी फिर्ता कोष मार्फत थप रकम प्रदान गरेको बताए । सहकारीको सुन्दर पक्षको रुपमा रहेको संरक्षीत पुँजी फिर्ता कोषको बारेमा सदस्यहरुलाई बुझाउन सकेमा सहकारीप्रती आम जनताको आकर्षर्ण वढ्ने पौडेलको भनाई थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता उपाध्यक्ष गितादेवि रेग्मीको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भउको थियो ।