अभिनयमा कुमार रेग्मी, सुरुकै गितमा सफलता (भिडियो सहित)

बागलुङ, २४ असोज–रोजगारीको शिलशिलामा खाडि मुलुक कतारमा झण्डै १० बर्ष बिताएका बागलुङको जैमिनी नगरपालिका ५ का कुमार रेग्मीले अभिनयको क्षेत्रमा चर्चा पाउन थालेका छन् । पहिलो पटक ‘फुलमा देख्छु तिमिलाई’ नामक आधुनिक गिती एल्वमको म्युजिक भिडियोमा अभिनय गरेका रेग्मीलाई दर्शकहरुले रुचाएका छन् । हाईलाइट्स नेपालको युट्युव च्यानल मार्फत बजारमा आएको एल्वम ‘फुलमा देख्छु तिमिलाई’ मा रेग्मीले गरेको जिवन्त अभिनयलाई दर्शकले रुचाएका हुन् ।
छुट्टिको समयमा घर आएका बेला म्युजिक भिडियोमा अभिनय गरेका रेग्मीलाई पछिल्लो समय बजारमा आएका आधुनिक गितहरुमा अभिनयको प्रस्ताव आउन थालेको छ । पहिलो गितमानै निकै राम्रो अभिनय गरेको भन्दै अन्य गितहरुमा अभिनयको प्रस्ताव आउन थालेको रेग्मीले बताए । कामको शिलशिलामा कतारमा रहेका कारण गित सँगीतमा समय दिन नसक्ने भएकाले कयौं गितको प्रस्ताव अस्वीकार गरेको रेग्मीको दावी छ ।
सानै उमेर देखी साहित्य र कलाको क्षेत्रमा रुची रहेका रेग्मीले यो भन्दा पहिले पनि सडक नाटक तथा बिभिन्न सांगितीक कार्यक्रमहरुमा औपचारीक सहभागीता जनाउँदै आएका थिए । प्रशना पाण्डेले बजारमा ल्याएको ‘फुलमा देख्छु तिमिलाई’ गिती एल्वमको म्युजिक भिडियोमा रेग्मीलाई रिमा विश्वकर्माले साथ दिएकी छिन् । गितमा आनन्द कार्की र प्रशना पाण्डेले स्वर भरेका छन् ।