२०७५ असोज २३ मंगलबारको राशिफल

२०७५ असोज २३ मंगलबार औंशी, ९ अक्टोवर २०१८
तपाईको आज
मेषः आरोग्यतामा थप वृद्धि हुने, पेट वा कम्मरमा समस्या देखापर्ने,चिन्ता बढ्ने खबर सुन्नुपर्ने ।
वृषः आर्थिक कारोवारमा नोक्सानी बेहोर्नुपर्ने,कार्यमा भने सफलता,स्वजनसङ्गै वैचारिक मतभेद ।
मिथुनः पारिवारिक साथ राम्रो प्राप्त, आँखामा कष्ट हुने, मनमा प्रसन्नता छाउने ।
कर्कटः आफन्तबाटै घातप्रतिघात हुने, नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
सिंहः आँटेका कार्य अधुरै रहने,स्वास्थ्यस्थितिले भने साथ दिने, सातान्तमा आर्थिक लाभ
कन्याः व्यवसायमा नोक्सानी, स्वास्थ्य प्राय अनुकूल रहने, आफन्तजनसँग भेटघाटको अवसर ।
तुलाः आशातीत ठाउँबाट काम नबन्ने, थालेका काममा विध्नबाधा,शुभ खवरको आगमनले मनमा प्रसन्नता ।
वृश्चिकः मानसिक शान्ति भएपनि अनावस्यक वादविवादमा समय बित्ने, आशा गरेको ठाउँबाट काम नबन्ने ।
धनुः मनमा शान्ति मुहारमा कान्ति छाउने, अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने,वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मकरः प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शक, मानसिक शान्ति मिल्ने,सातान्तमा स्वास्थ्यमा समस्या देखिने ।
कुम्भः यात्रामा विध्नबाधा सहनुपर्ने, शत्रु पक्षको लज्जास्पद हार, पारिवारिक साथ राम्रो प्राप्त ।
मीनः इच्छित खानाको उपभोगमा बाधा, अशुभ समाचार सुन्नुपर्ने, सातान्तमा ख्याति फैलने ।