विरेन्द्र मा.वि मा महिला हिंसा विरुद्ध चेतना मूलक कार्यक्रम सम्पन्न

बागलुङ, २३ असोज —सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र को आयोजनामा सोमबार यहाँको एक विद्यालयमा महिला हिंसा तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा रहेको धवलागिरी वीरेन्द्र माध्यामिक विद्यालयमा चेतना मुलक कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीले कोशोरीहरुलाई जोगाउनका लागि आवश्यक प्रतिकारका बिषयमा जानकारी गराउनु पर्ने बताए । प्रहरी एक्लैले गरेर मात्रै अपराधका घटना कम नहुने भन्दै रेग्मीले समुदायको स्तरबाटनै चेतना र प्रतिकारका उपायको बिषयमा जानकारी गराईनु आवश्यक रहेको बताए ।

उनले किशोरीहरु वलात्कर र जन्य अपराध वाट वच्ने उपाय र यो उपायको वारेमा वृत्त चित्र प्रस्तुत समेत गर्नु भएको थियो । कार्यक्रममा प्रध्यानध्यापक विमता गुरुङले विद्यालयको तर्फवाट धन्यवाद ज्ञापन गरेकी थिईन् । वा.ना.पा ३ वडा सदस्य लिला देवी खड्काको अध्यक्षयता,महिला तथा वालवालिका सेवा केन्द्रको प्रहरी साहायक निरीक्षक अनु राईको स्वागते र शिक्षक केशव प्रसाद पौडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।