सामुदायिक स्वास्थ्य इकाई सायकटेरामा अक्षयकोष स्थापना

एक महीनामा दलित, जनजाति, ब्राह्मण, क्षेत्रि, मुस्लिम जातीहरू ४ सय ६० जनाले सेवा लिएका छन।
बागलुङ, २४ असोज – सामुदायिक स्वास्थ्य इकाई काँठेखोला-३ सायकटेराले सहयोगदातालाई सम्मान गर्दै मंगलवार आफ्नो पहिलो महिनाको कार्य सम्पादनको समिक्षा गरेको छ ।  संचालनको पहिलो १ महीनाको समीक्षा, बिभिन्न उपहारहरू हस्तान्तरण र उपहारदातालाई सम्मान गरिएको इकाई प्रमुख लोक वहादुर भण्डारीले वताए । समिक्षा वैठकमा अक्षयकोष स्थापना कार्यलाइ औपचारिक रुपमा अगाडी बढ़ाउने निर्णय भएको छ ।

एक महीनामा ४ सय ६० जनाले सेवा लिएका छन। दलित, जनजाति, ब्राह्मण, क्षेत्रि, मुस्लिम जातीहरूले सेवा लिए। सेवा लिने मध्ये गर्भवती ७ जना, sugar test ८ जना, vaginal pad लिने बिध्यार्थी ५ जना, आयोडिन युक्त नून उपहार पाउने गर्भवती एक जना, डिपो सुई लगाउने महिला ५ जना, pills खाने महिला १ जना, condom प्रयोगकर्ता २ जना, पिसाप परीक्षण १ जनाले सेवा लिएको प्रमुख भण्डारीले वताए ।
रुघाखोकि लाग्ने, ज्वरो आऊने, टंसिल, निमोनिया, घाउ, हाँडे जस्ता समस्या लिएर बिरामी आएका थिए। धम्जा, तंग्राम, भिमापोखरा, रेश, तित्यांग, सिगाना, बलेवा, बाग्लूँग, भकिम्ली, बेनि, अमरभूमि, गलकोट, पांडबखानी, रणसिंहकिटेनी, भारत आदी ठाऊबाट आएका सेवाग्राहिहरूले सेवा लिएका छन् ।

अक्षयकोषका लागि प्रमुख भण्डारीले रू १० हजार, वार्ड कार्यालयका प्राबिधिक सहायक मनहरी कँडेलले रू ५ हजार ५ सय, इन्द्र बहादुर भण्डारी माझकटेराले आमा स्वर्गीय मान कुमारी भण्डारीको समझनामा रू ५ हजार ५ सय, सूबेदार चित्र बहादुर छन्त्याल सायकटेराले रु १५ हजार र मन कुमारी भण्डारी सायकटेराले श्रीमान स्वर्गीय राम बहादुर भण्डारीको समझनामा रु ५ हजार ५ रकम प्रदान गरे ।

कार्यक्रममा भीम बहादुर खड़का सायकटेरा, गोरिमाया आले सायकटेरा, राम बहादुर भण्डारी सायकटेरा, चित्र बहादुर छन्त्याल सायकटेरा, मीना छन्त्याल सायकटेरा,शान्ति भण्डारी माझकटेरा, लीला भण्डारी माझकटेरा, माया भण्डारी माझकटेरा, राजेश भारी बागलुङ, अनूप श्रेष्ठ बागलुङ, रेकी मास्टर अनिल बि क तंग्रामले बिभिन्न उपकरण लगायतका सामग्रीहरू संस्थालाई औपचारिक रुपमा हस्तान्तरण गरे ।  संस्थाकोतर्फबाट उनीहरुलाई सम्मान पत्रले सम्मान गरियो।

यसैविच, स्वास्थ्य इकाईले सात जनाको सल्लाहकार समिति गठन गरिएको छ । समितिमा रमन बहादुर छन्त्याल, इन्द्र बहादुर भण्डारी, बम बहादुर खड़का, भिमलाल आले, मन कुमारी भण्डारी, रुद्र बहादुर थापा र अमर बहादुर श्रीस रहेका छन् ।