राना अस्पतालको अध्यक्ष, शर्मा रेडक्रसको प्रदेशसभा सदस्य

बागलुङ, २४ असोज– समाजसेवी केवी राना मगर धौलागिरी अञ्चल अस्पतालको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् । गैरसरकारी क्षेत्र र सामाजिक क्षेत्रमा अगुवाई गर्दै आएका राना धौलागिरी बहिरा आवासीय माविको संस्थापक समेत हुन् । समयमा उपचार नपाएको, विशेषज्ञ डाक्टर नबस्दा बिरामीले सास्ती खेपेको लगायतको टिप्पणी भैरहेकै समयमा रानाको नियुक्ती भएको हो । उनको पालामा अस्पतालमा सुधार हुने स्थानीयले आस गरेका छन् । त्यस्तै हिमाल प्रसाद शर्मा नेपाल रेडक्रस सोसाईटीको प्रदेश सभा सदस्य चयन भएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक समेत रहेका शर्मा नेपाल रेडक्रस सोसाईटी बागलुङको सदस्य पनि छन् । सबै शाखा सभापति सदस्य रहने सभामा केन्द्रीय कार्यसमितिले उनलाई पनि नियुक्त गरेको हो ।