सापकोटालाई उपचार खर्च सहयोग

बागलुङ, २५ असोज — माटोको ढिस्कोले पुरिँदा घाईते भएर उपचार गराई रहेकी यहाँकी एक किसोरीलाई मालिका सेवा समाज बागलुङले आर्थिक सहयोग गरेको छ । मणिपाल शिक्षण अस्पतालमा उपचार गराई रहेकी बागलुङ नगरपालिका–५ मालिकाकी निशा सापकोटालाई समाजले आर्थिक सहयोग गरेको हो ।
बुधबार बागलुङ बजारमा आयोजित एक कार्यक्रममा सापकोटाको परिवारलाई समाजले एक लाख ७१ हजार नौ सय पाँच रुपैयाँको नगद हस्तान्त्रण गरेको हो । मालिका समाजले सहकयोग गरेको चेक हस्तान्त्रण गर्दै पुर्व उर्जा राज्यमन्त्रि रामजी प्रसाद शर्माले आफ्नी चेलि बचाउँन मालिका समाजले देखाएको सदा सयता प्रसंसनिय भएको बताए।
समाजले जिल्लामा रहेका बिभिन्न संघ संस्था र मालिका स्थाई घरभई बैदेशीक रोजगारीमा बिभिन्न मुलुकमा रहेका युवाहरुवाट सापकोटाको उपचारकालागी सहयोग रकम उठाएको थियो । मध्यम परिवारकी सापकोटाको उपचारमा समस्या भएपछि बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् । गत असोज १२ गते म्याग्दीको ज्यामुरकोटमा दशैंका लागि घरपोत्ने माटो खन्ने क्रममा डिस्कोले पुरीएर सापकोटा गम्भिर घाईते भएकी थिईन् । उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ । कार्यक्रमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, मालिका सेवा समाजका अध्यक्ष दुर्गा कूवँर, संस्थाका उपाध्यक्ष जिवननाथ उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रमको अञ्चालन तेजबहादुर कुँवरले गरेका थिए ।