साझा यातायातको रात्री सेवा सुरु

बागलुङ, २५ असोज — पटक पटक सांलन हुदै बन्द भैरहेको साझा यातायातले केही समय देखि नियमित सेवा संचालन गरेको छ । यो सेवा अन्र्तगत बागलुङ देखि काठमाण्डौकालागि रात्रीसेवा पनि शुरु भएको हो । बुधवार पहिलो पटक काठमाण्डौबाट रात्री सेवाको साझा बस छुटेको साझा यातायात संचालक समितिका सदस्य रुद्र पौडेलले बताए । बुधवार बागलुङमा पत्रकार सम्मेलन गरेर पौडेलले यात्रीको सेवाका लागि बस चलाएको बताए । बिहिवार सांझ बागलुङको समिक्षालय चोकबाट बस छुट्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए । २०१८ सालदेखि नेपालमा साझा यातायातको थालनी भएको ईतिहास छ । बागलुङका लागि भने २०५१ देखि बस संचालन थियो ।

सशष्त्र द्वन्दको बेला दुइ पटक रोकिएर फेरी २०५९ बाट संचालित बस सेवा दुइ बर्षदेखि बागलुङमा दिवा संचालनमा थियो । यातायातले डिलक्स यातायात, मोवाईल चार्जर सहितको संचालन गर्न लागेको बताइयो । ‘चाडपर्वको समयमा यात्रीले सेवा पाउन भनेर घटस्थापनाको अवसर पारेर बस संचालन गरिएको हो’ संचालक सदस्य रुद्र पौडेलले भने, ‘समयमा गन्तव्यमा पु¥याउने प्रतिवद्धता सहितको सेवा शुरु भयो ।’ हाल अन्य सवारीले ८ सय देखि ९ सय रुपैयाू भाडा लिएकोमा साझाले दिवामा ६ सय र रात्रीमा ७ सय ३० रुपैयाू भाडा तोकिएको उनले बताए । पत्रकार सम्मेलनमा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, उद्योग बाणिज्य संघका कावा अध्यक्ष युवराज राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।