राष्ट्रिय महिला भलिवल जारी

बागलुङ, २५ असोज — बाईसौं राष्टिय भलिबल प्रतियोगितामा गलकोटमा जारी रहेको छ । मंगलवारदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत बुधवार ६ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले कर्णालीलाई सोझो सेटमा हरायो । उसले २५–३, २५–१२ र २५ ७ अंक ल्यायो ।
त्यस्तै दोश्रो खेलमा सशष्त्र प्रहरी ले त्रिभूवन आर्मीलाई ३÷२ सेटमा हरायो । सशष्त्र र आर्मीको १८–२५, २५–१९, २५–१८, २४–२६ र १५–१२ अंक आएको थियो । तेस्रो खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । उसले २५–१३, २५–२१ र २५–१० अंकले हराएको हो । चौथो खेलमा प्रदेश नम्बर ३ले प्रदेश २ लाई पराजित गरेको थियो । उसले २५–६, २५–१३ र २५–१५ अंकले पराजित गरेको हो । पाँचौ खेलमा प्रदेश ५ ले प्रदेश २ लाई पराजित गरेको थियो ।
प्रदेश ५ ले २५–११, २५–३, २५–६ ले पराजित गरेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए । छैठौ खेलमा पनि प्रदेश ५ बिजयी भयो । उसले प्रदेश ३ लाई २५–१६, २५–१६ र २५–१६ मा पराजित गरेको थियो ।