दशै र खानपानमा ध्यान

तपाँई हामी सबैको घर दैलोमा दशैं मडारी रहेको छ । बडा दशैंमा सुख, समृद्धि र शान्तिको कामनासहित बधाईका लहर चारैतिर फैलिएका छन् । यसै शिलशिला यहाँहरू सबैलाई मेरो तर्फबाट पनि उत्तरोत्तर प्रगतिको कामनासहित बिजयदशमीको पावन अवसरमा हृदयदेखीनै हार्दिक मंगलमया शुभ कामना ब्यक्त गर्दछु । विजया दशमीमा सबैको आशिर्बाद मेरो लागि पनि है । तर यर्थाथमा नेपाली जनताले दशैं मनले होइन, बाध्यताले मनाउन लागेका छन् । सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरू सँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ । मासुबिनाको दशैं के दशैं भन्नेहरू पनि थुप्रै भेटिन्छन् ।
तर, मासुका साथै पर्वका बेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूम्रपान नसर्ने रोगको ढोका कारक बन्छ । अस्पतालमा पनि चाडपर्वकै बेला बिरामीको संख्या निकै नै बढ्छ । चाडबाडको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग लाग्न सक्ने चिकित्सकको भनाई छ । अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जाँदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ । दशैं–तिहारपछि धेरैको शरीरमा ट्राइल्गिसराइड र युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको पाइन्छ ।

कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञका अनुसार ‘धेरै मद्यपानले मुटुको चाल अनियमित गराउने बताउँछन् । चाडबाडका बेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू बेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ ।’ मुटुको चाल गडबडी हुँदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्छ । मद्यपानले खाने नली र पेट बीचको जङ्सन च्यातिन्छ । त्यसको असर मस्तिष्कमा पर्छ । मध्यपानसंगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउँछ, फलस्वरुप पाचन क्षमता घट्छ । मिठाईका अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्रिक, झाडापखाला, बान्ता र कलेजोमा एलर्जी हुनसक्छ। चाडपर्व केन्द्रित खानपानले कलेजो रोगी र मिर्गौलाका बिरामी बढाउँछ । रक्सी सेवनले शरीरमा सुगरको मात्रा घटेर बेहोश अवस्थामा आउनेहरू पनि नभएका होइनन् । ग्याष्ट्रिक हुनेहरूलाई त झनै समस्या हुन्छ । मद्यपानका कारण बिरामीमा दिसा र वान्ताबाट रगत जाने समस्या पनि देखिन सक्छ । मधुमेहका बिमारीले गुलियो र चिल्लो बार्नुपर्छ । दशैं–तिहारका खानेकुरामा यिनैको मात्रा बढी हुन्छ । यस्तो बेला मधुमेहका बिरामीले विशेष ध्यान पु¥याउनु पर्नेमा हुन्छ । बोसो धेरै भएको खानाले शरीरको तौल बढाउँछ । सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ । तारेका तथा बोसोजन्य खाना हत्तपत्त नखानु नै उत्तम हुन्छ । हरियो सलादजन्य खानेकुरा नपखाली खाँदा झाडा पखालाका साथै मस्तिष्कमा संक्रमण हुनसक्छ । अरू बेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो बेला पेटका बिरामी बढ्ने गरेको देखिन्छ । खानामा सन्तुलन नमिलाउँदा फूड पोइजनिङको समस्या पनि हुन्छ । चाडबाडको खानपानमा नियन्त्रण राख्न नसक्दा मनोरोगको सम्भावना हुन्छ । रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मनोसामाजिक समस्या निम्त्याउने मानसिक रोग विशेषज्ञहरूको ठम्म्याइ छ । बढी मासु खाँदा मानिसमा उत्तेजना, रीस र झर्को मान्ने जस्ता समस्या देखिन्छन् । मानसिक रोगको प्रमुख कारण शारीरिक रोग भएको तर धेरैले यसप्रति विचार नपु¥याएको देखिन्छ । अत्यधिक मदिरा सेवनले एकैपटक दुई प्रकारकै समस्या निम्त्याउँछ ।
सन्तुलित खानपान संयमता नै समस्याबाट बँच्ने एकमात्र उपाय हो । चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन् । माछा, मासु, मदिरा र ड्राइफूड सकेसम्म थोरै खानुपर्छ । चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लिटरसम्म पानी पिउनुपर्छ । स्वास्थविदको अनुसार चाडबाडका बेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो । जिब्रोलाई स्वादिलो लाग्ने रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुन्छ । उनी रातो मासु खानै परे स्वस्थ व्यक्तिले एक पटकमा तासको पत्ता जति र बिरामीले बोसो तथा छाला निकालेर मात्र खान राम्रो हुन्छ । स्वस्थ व्यक्तिले एक हप्तामा तीनदेखि चार पटकसम्म मदिरा पिउन सक्छन् । एक पटकमा पुरुषले ६० र महिलाले ३० एमएलसम्म पिए हानि गर्दैन । उनी दशैं–तिहार भन्दै दिनहुँ भतेर गर्न नहुने र घरभित्रकै पोषिलो खानेकुरामा जोड दिनुपर्दछ । समग्रमा तपाँइको दशैं सोचेको भन्दा राम्रो होस् ।