बिहुँकोटका धार्मिक धरोहर, समृद्धिका आधार – गाँउपालिका अध्यक्ष थापा

बागलुङ, २७ असोज – काठेखोला गाउंपालिका- ६ मा अबस्थित ५२६ बर्ष पुरानाे बिहुँकोट मन्दिरको संरक्षण समितिले एक कार्यक्रमको आयोजना गरी आफ्ना चन्ददातालाई सम्मान गरेको छ ।  सम्मान कार्यक्रमको उदघाटन गर्दै  गाउंपालिकाका अध्यक्ष अमर थापाले काठेखोला गाउंपालिकाको समृद्धिको आधार बिहुँकोटमा रहेका धार्मिक धरोहरबाटै सम्भव रहेको बताउदै यिनीहरु संरक्षणमा जनताहरु लागेको देख्दा गर्वले छाति चौडा भएको बताए।
अध्यक्ष थापाले भने, यहाँ रहेका यी मन्दिरहरु धार्मिक तवरले मात्र हैन पुरातात्वक रुपले पनि धेरै महत्वपुर्ण रहेकाले बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउने र पर्यटन प्रबद्धन गर्ने हो भने गाउंपालिका विकासमा महत्वपुर्ण भुमिका रहनेछ ।
सो अवसरमा रु २,४८,३८१ रुपैयाँ सहयोग गर्ने काठेखोला-६ गिठापाटाकी मनरुपा कडेंल र रु २,४८,३८१ रुपैयाँ सहयोग गर्ने काठेखोला-६ कै कलावती सुवेदीलाई सम्मान गरेको छ । काठेखोला गाउपालिका ५ कर्लिम निवासी धनपति कडेंलबाट मन्दिर जाने बाटो निर्माणमा रु १ लाख १५ हजार सहयोग, त्यस्तै काठेखोला ५ लामखुङ् की धनकुमारी कडेल बाट रु १ लाख ३० हजार रुैपैया र काठेखोला ५ दहपानीका देबिलाल कडेंलबाट रु ७५ हजार रुपैया मन्दिर जाने बाटो र सिडी निर्माण गर्न सहयोग गरेका चन्दादाता र उनीहरुको परिवारलाई गाउंपालिका अध्यक्ष थापाले दोसल्ला ओढाएर र पन्चेबाजाव्दारा सम्मान समेत गरिएको थियो।
सो कार्यक्रममा वडा ५ का अध्यक्ष शिव प्रसाद कडेंल, ६ का अध्यक्ष युक्त प्रसाद कडेंल, गंगा कडेंल, ग्यामनाथ कडेंल, मिना न्युरे, चन्दादाताहरुको तर्फबाट ईन्द्रलाल सुवेदी, डिल प्रसाद कडेंल लगाएतले बोलेकाेवोलेका थिए ।  मन्दिर सन्चालन समितिका अध्यक्ष छबिलाल कडेंलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत वडा सदस्य लिलाधर ढुगंनाले गरेका थए । सो मन्दिरमा दैबिक शक्तिका रुपमा सबैले विश्वास गरि पुजा अर्चना गरेको र सदियौ देखिनै यस धार्मिक पिठमा भक्तालुहरुको घुईचो लाग्ने गरेको छ । हाल दैलेख, बुटवल, चितवन, नवलपारासी, म्याग्दी, पर्वत र बाग्लुङ जिल्लाका सबै जसो गाउपालिका र नगरपालिकाबाट धेरै भक्तालु आउने गरेको पुजारी नहरी कडेंलले बताए ।