बागलुङमा जारी महिला भलिवलमा एपिएफ र पुलिस फाइनलमा भिड्दै

तेस्रो हुनेका लागि पनि आजै खेल हुने

बागलुङ, २७ असोज– गलकोटमा जारी राष्ट्रिय महिला भलिबलको शुक्रवारको खेल सशष्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लबले जितेका छन् । सेमीफाईनल खेलमा एपिएफले प्रदेश नम्बर ५ लाई सोझो सेटमा हराएको हो । उसले २५–१०,२५–१५ र २५–१९ अंक पाएको थियो । दोश्रो खेलमा नेपाल पुलिसले त्रिभूवन आर्मीलाई पनि सोझो सेटमा हरायो ।
पुलिसले २८–२६, २५–१५ र २५–१४ अंकले आर्मीलाई पराजित गरेको थियो । फाइनल यात्रा तय गरेका एफिएम र पुलिसले शनिवार फाइनल खेल खेल्नेछन् । तेस्रो स्थाका लागि आर्मीले प्रदेश नम्बर ५ सँग खेल्नेछ । यो प्रतियोगिताबाट १८ जना खेलाडी उत्कृष्ठ छनौट हुनेछन् । ६ जना बैकल्पिक खेलाडी छनौट गरेर साग प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पठाईने छ ।
जिल्ला सदरमुकाम भन्दा टाढा ल्याएर गरिएको प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुूदको बिकास गर्न सहयोग पुग्ने श्रीषले बताए । ‘खेलको विकाससंगै स्थानीय तहलाई बजेट निर्माणमा पनि चासो राख्ने बनाएको छ’ श्रीषले भने, ‘दर्शकको रुपमा ग्रामीण क्षेत्रमा पर्यटनको पनि वृद्धि भएको पाईयो ।’ ९ टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारी समेत २ सय सहभागि थिए । सेमीफाईनल यात्रामा पुग्न नसकेका प्रदेश नम्बर २, ३, ४, ६ र ७ शुक्रबारै घर फर्केका छन् । प्रदशे नम्बर १ भने प्रतियोगितामा भाग लिन आएको थिएन । प्रदेश नम्बर ५ पनि सेमीफाइनलमा पराजित भएको हो । गलकोटमा भएको खेल प्रतियोगिताले लगानी बढाएमा सफलता पाउन सकिने आशा पलाएको स्थानीयबासीले बताए । युवाहरुलाई आर्कषित गर्न खेलमा लगानी बढाउने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । यो प्रतियोगिताका लागि पनि गलकोट नगरपालिकाले ८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।