शंखधरको साधारणसभा सकियो

बागलुङ, २८ असोज — जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको शंखधर बहुमुखी सहकारी संस्थाले गत आर्थिक बर्षको अन्त सम्ममा १० करोड ७२ लाख ९५ हजार ८ सय ९२ रुपैयाको कारोवार गरेको छ । गत आर्थिक बर्षको अन्त सम्ममा यति ठुलो कारोवार गरेको संस्थाका कोषध्यक्ष टुप्ला प्रसाद श्रेष्ठले जानकारी दिए । ससहकारीले साधारण सभाको अवसरमा बिबिध बिद्यमा उत्कृष्ठता हाम्ँसिल गर्नेलाई सम्मान गरेको थियो । २०७४ सालको एसईई परिक्षामा सर्बोकृष्ठ अङ्क ल्याउने संस्थाका शेयर सदस्यहरुका छोराछोरीको शैक्षिक गुणस्तर सुधार गर्न प्रोसाहन गर्ने उद्धेश्यले विद्यार्थीलाई सम्मान, संस्थामा कारोबार तथा योगदान गर्ने उत्कृष्ठ बचत कर्ता, असल ऋणी, उत्कृष्ठ कर्मचारी, शेयर सदस्य, जेष्ठ नागरिक शेयर सदस्य लगायत विविध विधामा योगदान गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

सहकारी संस्थाका अध्यक्ष रतनप्रसाद क्षेष्ठको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठकोे स्वागत मन्तव्य र सचिव युक्तजंग राजभण्डारीको सन्चालनमा सधारणसभा सम्पन्न भएको थियो । साधारण सभाले सचिवले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको मर्म अनुसरा शेयर सदस्यहरुको आर्थिक क्षमता विकास हुनेगरी उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले बहुद्देश्ययी सहकारीको मर्म अनुसारका कार्यक्रम ल्याउन सुझाव दिए ।