बिन्ध्यावासिनी गीत–संगित पत्रकारिता पुरस्कार पौडेललाई

बागलुङ, २८ असोज– बिन्ध्यावासिनी फाउण्डेशनले धौलागिरि टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश पौडेललाई बिन्ध्यावासिनी गीत–संगित पत्रकारिता सम्मान २०७५ प्रदान गरेको छ । फाउण्डेशनले हरेक बर्ष वितरण गर्ने विभिन्न बिधाका पुरस्कार अन्तर्गत पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
गीतको सम्मान, संगीतको सम्मान र श्रष्ठा सम्मान गर्ने उद्देश्यका साथ बिगत ८ बर्ष यता फाउण्डेशनले बिन्ध्यावासिनी सम्मान एवं संगित साँझको आयोजना गर्दै आएको छ ।
बिगत १५ बर्ष देखि पत्रकारिता क्षेत्र मार्फत गित संगितको जगेर्ना गर्न पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष लिना शर्मा रेग्मीले बताईन् । पौडेल विगत १५ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । बि.स २०६० मा म्याग्दी जिल्ला स्थित रुप्से साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा आएका पौडेल धौलागिरि एफएम, म्याग्दीकाली एफएम हुदैँ धौलागिरि टेलिभिजनमा कार्यरत रहेका छन् ।