पालामा बार्षिक योजना तथा कार्यक्रमको समिक्षा

बागलुङ, २८ असोज – जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाले आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा सम्पन्न कार्यक्रमको समिक्षा आईतवार समपन्न गरेको छ । समिक्षा कार्यक्रममा गत आर्थिक वर्ष सम्पन्न योजना तथा कार्यक्रमको प्रतिवेदन वडा अध्यक्ष खडक थापाले प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार गतवर्ष सडक निर्माण, खानेपानी आयोजना, सिँचाइ जलाधर, शिक्षा, भवन लगायतका ३९ अोटा योजना सम्पन्न भएको र सबै योजना समयमा नै सम्पन्न गर्न वडा सफल भएको छ। कार्यक्रमका प्रमुख अतिथी काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले विकासका कार्यक्रममा सबैले हातेमालो गरेर जानुपर्ने धारणा राखे । उनले विकास कामलाई पारदर्शी रुपमा समपन्न गर्नुपर्ने वताए ।

कार्यक्रममा  नेकपाका टिका बहादुर थापा, नेपाली काङ्ग्रेसका सचिव गणेश नेपाली, कार्यपालिका सदस्य टिका संगम विक, काठेखोका गाउँपालिका योजना प्रमुख मिन बहादुर थापा लगायतले मन्तब्य राखेका थिए।
वडाअध्यक्ष खडक थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य गम्विरा थापा र सन्चालन वडा सचिव रिता रानाले गरेकी थिईन । सो अवसरमा वडा अध्यक्ष थापाले आफुले चार बर्षसम्म पाउने पारिश्रमिकबाट प्रत्येक बर्ष एक एक वटा विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।