बागलुङ कारागारका कैंदी बन्दिलाई च्याङग्रा र चिउरा बितरण

बिगतलाई भुलेर पर्व मनाउन आग्रह

बागलुङ, २९ असोज–नेपालीहरूको महान चाड बिजया दशमीको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले बागलुङ कारागारमा रहेका कैदी बन्दीलाई च्याङ्ग्रा र चिउरा उपहार दिएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि संघले कैदी बन्दीलाई घरमा गएर दशैे मनाउन नपाए पनि दशैको अनुभुती दिलाउन च्याङ्ग्रा र चिउरा सहयोग गरेको उद्योग बाणिज्य सघं बागलुङ्गका अध्यक्ष जयराम भारीले बताए ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक रेग्मी र उद्योग बाणिज्य सघं बागलुङ्गका अध्यक्ष जयराम भारीले बन्दी नाईके सुर्य नेपालीलाई च्याङ्ग्रा र चिउरा हस्तान्त्रण गरेका थिए ।
च्याङ्ग्रा र च्यूरा हस्तान्तरण पछी बोल्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बिगतको भुल सुधार गरेर जीवनलाई सही मार्गमा लगाउनका लागि कारागार सुधार मार्ग भएको भन्दै हासी खुसी साथ चाड पर्व मनाउन आग्रह गरे । कारागारलाई सुधार र ब्यवस्थीत गर्नका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी खरेलले दशै तिहार लगायतका चाडपर्वलाई खुसीयाली साथ मनाउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रमुख दिपक रेग्मी, कारागारका प्रमुख दिपक शर्मा, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल र बन्दी नाईके सुर्य नेपाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा कारागारका प्रमुख दिपक शर्माले क्षमता भन्दा बढि कैदीबन्दी भएका कारण समस्या उत्पन्न भएको बताए । उनले प्रमुख जिल्ला अधिकारीको रुपमा खरेल आएपछि केही सुधारात्मक कार्य भएको जानकारी दिए । कारागारमा हाल करिब ९० जना कैदीबन्दी रहेका छन् । कार्यक्रम उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीको अध्यक्षता, महासचिव दयाराम पौडेलको संचालन र सदस्य राजकुमार श्रेष्ठको धन्यवाद मन्तब्यमा सम्पन्न भएको थियो ।