३२ परिवारलाई खाद्यन्न सहयोग

बागलुङ, ३० असोज — वडा दशैंको अवसर पारेर यहाँको एक गाउँका बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको बझिनिका विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको हो । बाल संरक्षण विकास समिति बागलुङको सहयोग र वडा वडा कार्यालयले बझिनीका ३२ परिवारलाई खाद्यान्न हस्तान्त्रण गरिएको जनाएको छ ।

उनीहरुलाई चामल, दाल, नुन तेल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको वडा सदस्य केन्द्र रसाईलीले बताए । दशैमा विपन्न परिवारमा खुसीको लागि सहयोग गरिएको बाल संरक्षण विकास समितिका अध्यक्ष धना आचार्यले बताईन् । परिवारमा गरिविको समस्या रहँदा बालबालिकाको खानपानमा समस्या आउने भएकाले बालबालिकालाई लक्षित गरी खाद्यान्न हस्तान्तरण गरिएको आचार्यले बताईन् ।