निती तथा कार्यक्रमको बिषयमा समिक्षा

बागलुङ, ३० बागलुङ — जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ७ रेशले गत बर्षको निती तथा कार्यक्रमको बिषयमा समिक्षा गरेको छ । वडाले गरेका काम तथा आगामी वर्षका कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले समीक्षा तथा योजना सार्वजनिक कार्यक्रम गरिएको हो । संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका तथा वडागत रुपमा वडा क्षेत्रमा के–कति योजनाहरु सम्पन्न भए, के कति योजनाहरु चालु वर्षमा सञ्चालन भइरहेका छन् भन्ने विषयमा जनतालाई जानकारी गराउनका लागि समीक्षा कार्यक्रम गरिएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

समीक्षा कार्यक्रममा कोठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले राज्यले दिने सेवा सुविधा तथा योजनाका कामका बारेमा जनतालाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना हुने गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका शाखाका सभापति जब्बरबहादुर लामिछाने, पूर्वगाविस अध्यक्ष कविराज थापा, नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण कार्की, नेपाली काँग्रेसका नेता प्रेम कार्की, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर कार्की, जगन्नाथ गौतम, विजय गौतम, ओमबहादुर थापा, भिमबहादुर थापा, यामबहादुर कार्की, थमन कार्की, रामबहादुर मल्ल, डिलबहादुर कार्की, हरि कुँवर, भुमिराज शर्मा लगाायतले वडाले गरेका काम तथा आगामी कामका बारेमा बोलेका थिए । कार्यक्रम वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, रिता जिसीको सञ्चालन र कार्यपालिका सदस्य सारदा थापाको स्वागतमा सम्पन्न भएको थियो । यस्तै सोही वडाको आयोजनामा विपद् व्यवस्थपन सम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछानेले विपद व्यवस्थापनका लागि गरिने तयारीका बारेमा बोलेका थिए ।