प्याव्सनको शुभकामना आदान प्रदान

बागलुङ, ३० असोज– निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याव्सनका महासचिव राजेन्द्र बानियाले निजी तथा आवासीय विद्यालयहरुले घरयासी वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । प्याव्स बागलुङ नगरकमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई मंगलवार बागलुङमा सम्बोधन गर्दै बानियाले यस्तो बताएका हुन् ।
शिक्षक र विद्यार्थी तथा अभिभावकको बिचमा पारस्पारीक सम्बन्ध हुनुपर्ने भन्दै बानियाले दशैं तिहार जस्ता पर्वलाई सद्भाव बाँड्ने पर्वको रुपमा मनाउन आग्रह गरे । कार्यक्रममा सहभागीहरुले संस्थागत बिद्यालयहरुको छाता संगठनमा आबद्ध सबै बिद्यालयहरुले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए । देशको परिस्थिती र जिल्लाको वातावरण अनुसार बिद्यालयहरुले आफ्ना शैक्षिक कार्यक्रम बनाउनुपर्ने भन्दै उनिहरुले त्यसको लागि प्याव्सनको सकरात्मक भुमिका हुनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ प्यावसनका जिल्ला अध्यक्ष राम प्रसाद शर्मा, प्यावसन गण्डकी प्रदेश सदस्य महेस चन्द्र प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्याव्सन बागलुङ नगरकमिटिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षयता , अमृत ढकालको स्वगत र अमर थापाको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।